कार्यकर्तालाई ओलीको निर्देशन : 'सरकारका निर्णयको रक्षा सिपाही झैं गर्नुहोस्'

2019-07-07

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेता-कार्यकर्तालाई पार्टी र सरकारका निर्णयको रक्षा सिपाहीले झैं गर्न निर्देशन दिएका छन्। नेकपा संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

‘​नेता-कार्यकर्ताले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुहोस्’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीका नीति, नियम र अनुशासनलाई पनि ख्याल गरेर काम गर्नुहोस्।’

उनले पार्टीको नेता कार्यकर्ताले पार्टीको नीति निर्णय पालना गर्नुपर्नेमा जोड दिए। ‘असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘पार्टीभित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन। हामी सबै एउटै डुंगामा सवार छौं।’

प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको विषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताए।

आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने ओलीले प्रष्ट पारे। ‘कतिपय देशले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन्’, ओलीले भने, ‘हामीले गर्न खोजेको त्यही हो। यसबाट हामीलाई लाभ हुन्छ।’

बैठकमा प्रधानमन्त्री ओलीले संसदले राखेका सुझाव, आलोचना तथा प्रस्तावलाई सम्मानपूर्वक ग्रहण गरेको बताए। बैठकमा कम सांसद उपस्थित भएको भन्दै भन्दै प्रधानमन्त्री ओलीले आपत्तिसमेत जनाएका थिए।

नेकपा संसदीय दलको बैठकमा शनिबार २२ जनाले भनाइ राखेका छन्। दलको अर्को बैठकको मिति तय नभए पनि चाँडै हुने दलका प्रमुख सचेतक देवबहादुर गुरुङले जानकारी दिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ