नेपालमै यस्तो : आर्थिक संकट परेपछि छोरीको जीवन बिमा गराएर हत्या !

2019-07-06

रौतहट - छोरीको जीवन बिमा गराएर हत्या गर्ने एक जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । घरमा आर्थिक संकट परेको भन्दै रौतहटको मौलापुर नगरपालिका–६ पथरा बुधरामका रामकिशोर राय यादवले ४ वर्षीय छोरी लक्ष्मीकुमारीको हत्या गरेको हो ।

प्रदेश २ को सरकारले छोरीका लागि ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान सुरु गरी गरिरहँदा रौतहटमा भने आफ्नो आर्थिक संकट हटाउन छोरीको जीवन बिमा गरी हत्या गरेको रहस्य खुलेको हो । १७ असारमा घरमै सुतेकी बालिकाको शव भोलिपल्ट बिहान गाउँकै पोखरीमा भेटिएको थियो ।

घटनाको अनुसन्धान गर्ने क्रममा बालिकाको बुवाको गतिविधि शंकास्पद लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । यादवले गरुडाको ‘प्रभु लाइफ इन्सुरेन्स कम्पनी’मा १९ जेठमा छोरीको २५ लाखको जीवन बीमा गराएको तथ्य फेला परेको प्रहरीले जानकारी दिएको छ । छोरीको जीवन बिमा गराएर हत्या योजना अनुरुप बिमा गराएको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

आमासँगै सुतेकी छोरीलाई बोकेर पोखरी नजिक पुर्‍याएर हत्या गरेको यादवले स्वीकारेका छन् । बिमा गरेको एक महिनाभित्र बिमित व्यक्तिको मृत्यु भएमा दोब्बर रकम भुक्तानी पाउने कुरा सुनेपछि छोरीको हत्या गरेको उनको बयान छ ।

यादवलाई मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ । तत्कालीन माओवादी जनयुद्धमा सक्रिय यादवले घरमा आर्थिक संकट पर्दै गरेपछि त्यसको पैसा पाउने आशमा छोरीको बिमा गरी हत्या गर्ने योजना बनाएको प्रहरीले गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

छोरीको हत्यापछि यादवले बिमा वापतको रकम निकाशाका लागि सक्रिय हुँदै आएका थिए । यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ