झापामा १७ वर्षीया किशोरी पटक-पटक बलात्कृत

2019-07-05

भद्रपुर - झापा मेचीनगरकी १७ वर्षीया एक किशोरी पटक - पटक बलात्कृत हुन पुगेकी छिन्। पछिल्लोपटक मेचीनगरको आम्दा अस्पतालनजिक लगेर मेचीनगर वडा न. ९ का ५५ वर्षीय विष्णु खड्काले बलात्कार गर्दागर्दै किशोरी चिच्याएपछि उनको कर्तुत सार्वजनिक भएको हो।

‘किशोरी चिच्याएपछि हामीले उनको परिवारलाई खबर गर्‍यौं, त्यतिबेला किशोरी बोल्न सक्ने अवस्थामा थिइनन्,’ स्थानीय मेनुका दाहालले भनिन्, ‘कपडा सबै च्यातिएको थियो, युवती चिच्याउन थालेपछि खड्का भागेका थिए।’

खड्का १७ दिनदेखि फरार छन्। किशोरीले आफुलाई खड्काले पटक–पटक बलात्कार गरेको जाहेरी यहि असार ३ गते इलाका प्रहरी कार्यालय मेचीनगरमा दिएकी छिन्। मेचीनगर वडा नं. ९ का स्थानीय विष्णु खड्काले विगत एक वर्षदेखि आफूलाई अनेक किसिमका धम्की दिएर यौन शोषण गर्दै आएको उजुरी दिएपछि खड्का फरार भएका हुन्।

उजुरीमा आरोपित खड्कालाई प्रहरीले खोजी गरिरहेको भएपनि फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र श्रेष्ठले बताए। बलात्कार जस्तो जघन्य अपराध गरेर १/२ दिन भागेर उम्किएपनि ढिलो चाँडो पक्राउ पर्ने श्रेष्ठले जानकारी दिए। ‘अपराध अनुसन्धान महाशाखा, टेकु काठमाडौंलाई पनि घटनाको अवगत गराएका छौँ,’ श्रेष्ठले भने, ‘जहाँ भए पनि प्रहरीले छोड्दैन।’

खड्काले जबर्जस्ती आफ्नो स्कुटरको पछाडि हालेर विभिन्‍न ठाउँमा पुर्‍याएर बलात्कार गर्दै आएको पीडित किशोरीले बताएकी छन्। ‘कहिले खोलामा पुर्‍याउँथ्यो, कतिपटक चिच्याएर रोएँ, कराएँ, भाग्न खोजें,’ उनले भनिन्, ‘भागिस् र कसैलाई सुनाइस् भने तेरो परिवारका सबैलाई मारिदिन्छु भन्दै धम्क्याएर यौन सम्बन्ध राख्दै आएको थियो।’

आफूले कतिपटक आमालाई भन्न खोजेको तर उसले घरमा पनि आगो लगाउँछ कि भनेर भन्न नसकेको बताइन्। ‘कतिपटक त तैँले घरमा भनिस् भने तेरो बैनीलाई तलाई गरे जस्तै गर्छु भन्दै धम्क्याउँथ्यो’ आँखाभरि आँसु पार्दै ती किशोरीले भनिन्।

पैसा लिएर मिल्न भन्दै स्थानीय अगुवाहरु नै किशोरीको घरमा पटक–पटक पुगेको उनका आमाले बताइन्। घटना सार्वजनिक भएपछि पनि कति पैसा चाहियो दिन्छौँ, यो जिल्लाबाट अन्तै गएर बस भन्दै बिष्णु खड्काका परिवार बारम्बार आउने गरेको उनको दावी छ। ‘मेरो छोरीको इज्जत तिनीहरुले पैसाले किनेर फिर्ता दिन सक्छन् ? म गरिब छु पैसामा तर इज्जत र इमान्दारीता बेच्दिनँ म बरु मागेर खान्छु’ पीडितकी आमाले अन्नपूर्णसँग भनिन्।

यस विषयमा मेचीनगर ९ का वडाध्यक्ष गोपाल खड्कासँग बुझ्न खोज्दा उनले आफूलाई घटनाबारे केही थाहा नभएको बताए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ