एसइईको नतिजा चित्त नबुझे पुनः परीक्षण गर्न पाइने, प्रक्रिया के हो ?

2019-07-03

काठमाडौं - एसइईको उत्तरपस्तिकाको पुनर्योग गर्दा चित्त नबुझे विद्यार्थीले उत्तर पुस्तिकाको पुनः परीक्षणसमेत गर्न पाउने भएका छन्।

विद्यार्थीले आफ्नो नतिजामा सन्तुष्ट हुन नसके तीन चरणमा सुनुवाइको व्यवस्था राष्ट्रिय परिक्षा बोर्डले गरेको छ। प्राप्त श्रेणीमा विद्यार्थीले चित्त नबुझे प्रारम्भमा पुनर्योगको आवदेन दिन सक्नेछन्।

पुनर्योगमा असन्तुष्ट रहेको अवस्थामा उत्तर पुस्तिका पुनः परीक्षणको लागि दरखास्त दिन सकिनेछ। पुनः परीक्षणमा पनि चित्त नबुझे विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न सकिने व्यवस्थासमेत बोर्डले गरेको छ। पुनः परीक्षणका लागि प्रति विषय शुल्क बोर्डले तोकिसकेको छैन।

विद्यार्थीको पुस्तिका पुनः परीक्षण हुने निर्देशिका गत वर्षदेखि सुरु भएको परिक्षा नियन्त्रक विष्णु प्रसाद अधिकारीले जानकारी गराए। ‘हाम्रो लागि नयाँ विषय हो। पुनः परीक्षणको लागि हालसम्म आवेदन परेको छैन। पुनर्योगमा कसैले चित्त नबुझाई आवेदन दिए त्यसपछिको प्रक्रियामा बोर्डले निर्णय गर्छ।’

बोर्डका लागि नयाँ विषय भएकाले पुनः परिक्षणपश्चात् यसै शैक्षिक सत्रमा विद्यार्थी पढ्न पाउने/नपाउने अहिलै भन्नै नसकिने अधिकारीले बताए।

पुनर्योगका लागि ७७ जिल्लामा आवेदन संकलन गरिएको छ। ७७ जिल्लाका जिल्ला शिक्षा विकास तथा समन्वय इकाइमा दरखास्त दिने व्यवस्था छ। प्रदेशमा शिक्षा विकास निर्देशानलयले पनि आवेदन संकलन गर्दछ। पुनर्योगका लागि १५ दिनको म्याद दिइएको छ। प्रतिविषय पुनर्योगका लागि ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

पुनर्योगको समय सकिएसँगै विषयगत लिस्टिङ गरी पुनर्योगको कार्य सुरु हुने बोर्डले जनाएको छ। पुनर्योग गरिसकेपछिको नतिजा पूरक परिक्षा भन्दाअघि नै प्रकाशित गरिने परिक्षा नियन्त्रक कृष्णप्रसाद अधिकारीले जानकारी गराए।

उनले भने, 'साउनको २६ र २७ मा पूरक परीक्षा हुन्छ। त्यसभन्दा अघि अनिवार्य रुपमा नतिजा दिनुपर्छ। पुनर्योगमा असफल हुँदा पूरक परिक्षामा सहभागी हुन पाउने गरी नतिजा प्रकाशित हुन्छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ