अछाममा बस दुर्घटना : १८ घाइते, २ को अवस्था गम्भीर !

2019-07-03

अछाम - साँफेबगरको झकालेमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान बिपरित दिशातर्फबाट आउदै गरेको गाडीलाई साइड दिने क्रममा सडक भासिएर दुर्घटना हो । दुर्घटनामा घाइते भएका सबैको न्याय हेल्थ नेपाल बयलपाटामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीले जानकारी दिए । घाइते भएका मध्ये बाजुराको स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय पदम कुमाल र बाँकेको कोहलपुर चप्परगौडीका १५ वर्षीय प्रसान्त धितालको अवस्था चिन्ताजनक रहेको उनले बताए । उनीहरुको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ ।

दर्घटनामा घाइते हुनेहरुमा अछामको चौरपाटी गाउँपालिका ७ की ३१ वर्षीया गंगादेबी बोगटी, सोही ठाउँका ३७ वर्षीय वीरेन्द्र बोगटी, साँफेबगर नगरपालिका २ का ७६ वर्षीय भोजराज रेग्मी, मेल्लेख गाउँपालिका ४ का २२ वर्षीय जहरी साउँद, सोही ठाउँका २२ वर्षीय खगेन्द्र साउँद रहेका छन् ।

त्यसैगरी घटनामा बाजुराको बुढीगंगा नागरपालिका ८ का ३५ वर्षीय गोपालबहादुर रावल, भिमदत्त नगरपालिका ६ कञ्चनपुरका २४ वर्षीय निराजन शाह, बाजुराको छेडेदह गाउँपालिका ४ का ३७ वर्षीय लालबहादुर धामी, छेडेदह गाउँपालिका १ का ३० वर्षीय बिरबहादुर रावल, बाजुराकै स्वामीकार्तिक गाउँपालिका १ का १८ वर्षीय योगेश कुमाल, हुम्लाको गोठी गाउँपालिका ५ का २४ वर्षीय गजेन्द्र शाही पनि घाइते भएका छन् । बसमा सवार मुगुका धनराज योगी, पदम योगी र दिपेन्द्र योगी पनि घाइते भएका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ