नेपाली चेलीलाई 'प्रिन्सेस डायना' अवार्ड

2019-07-03

काठमाडौं - नेपाली चेली कञ्चन अमात्यले 'प्रिन्सेस डायना अवार्ड' पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्।

१९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ।

डायनाको सम्झनास्वरुप उक्त अवार्डको आरम्भ गरिएको हो। २० वर्षदेखि उक्त अवार्ड राजपरिवारबाट उपलब्ध गराइदै आएको छ। डायनाका दुई छोरा प्रिन्स विलियम र प्रिन्स ह्यारीले उक्त अवार्ड डायनाले बाल्यकाल बिताएको घरमा उपलब्ध गराउँदै आएका छन्। पाटनकी कञ्चन अहिले अमेरिकामा अध्ययनरत छन्। उनी राष्ट्रसंघमा युवा र महिलाका लागि सक्रिय छन्।

उनले यसअघि पनि अमेरिकामा विभिन्न अवार्ड पाएकी थिइन्। उनलाई नेपाली युवा तथा बालबालिकाको पक्षमा वकालत गर्न अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेसबाटसमेत जिम्मेवार पाएकी थिइन्। काठमाडौँ सेन्ट मेरिजको पढाई सकेर उनी नर्वे हुँदै अमेरिका पुगेकी हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ