सिरहामा ९ महिने बालिका बलात्कृत

2019-07-03

सिरहा - सिरहाको लहान नगरपालिका - २४ मा ९ महिने बालिका बलात्कृत भएको आरोपमा १४ वर्षे बालक पक्राउ परेका छन् ।

मंगलबार भएको उक्त घटनामा सोही गाउँका १४ वर्षीय बालकलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई आमाले घरमा एक्लै छाडेर खेतमा काम गर्ने घरको सदस्यलाई खाजा पु¥याउन जाँदा ती बालकले उनीमाथि यस्तो घटना घटाएको प्रहरीले जनाएको छ ।

खेतबाट फर्कँदा ती बालकलाई बालिकाकी आमाले घरमै भेटेपछि उजुरी दिएकी हुन् । स्थानीयले समेत सूचना दिएको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकाको यौनीबाट रक्तश्राव भएपछि प्रहरीले उनलाई स्वास्थ्य परिक्षणका लागि बाहिर पठाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ