डोनाल्ड ट्रम्प उत्तर कोरियामा, किमसंग भेटेपछि दिए यस्तो प्रतिक्रिया !

2019-07-01

एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार उत्तर कोरिया पुगेका छन्। दुई कोरियाली सीमा क्षेत्र पानमुनजोममा पुगेर उत्तर कोरियाली भूमि टेकेका हुन्। उनी उत्तर कोरियाली नेता किम जोङ उनसँगको तेस्रो शिखर वार्ताका पहिलो पटक उत्तर कोरियाली भूमिमा पुगेका हुन्।

‘यो विश्वका लागि विशेष दिन हो’, भेटपछि संयुक्त वक्तव्यमा राष्ट्रपति ट्रम्पले भने, ‘सीमामा पाइला टेक्नु ठूलो सम्मान थियो।’ उनले भेटसँगै दुई देशबीच महान् सम्बन्धको विकास भएको बताए। ‘अढाई वर्षअघि धेरै खराब थियो जुन दक्षिण कोरिया, उत्तर कोरिया तथा विश्वका लागि खतरा थियो’, ट्रम्पले भने। राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली सीमामा पाइला टेक्न पाउँदा ‘गर्व’ लागेको बताए।

ट्रम्पले किमसँग पहिलो पटक सिंगापुरमा २०१८ जुन १२ र दोस्रो पटक भियतनाममा त्यसै वर्षको फेब्रुअरीमा भेटवार्ता गरेका थिए। उनी जापानमा सम्पन्न जी–२० सम्मेलनपश्चात् दक्षिण कोरिया हुँदै किमलाई भेट्न त्यहाँ पुगेका हुन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ