पीडक ‘धर्तीमाता’ पक्राउ पर्दा प्रहरी हवल्दार नै काप्न थालेपछि यस्तो हङ्गामा

2019-06-29

काठमाडौं - आफूलाई धर्तीमाता बताउने गुल्मी घर भएर बुटवल बस्ने विष्णु कुँवरलाई प्रहरीले पक्राउ गरेको छ। गत साता भद्रकाली मन्दिरमा एक किशोरीमाथि अभद्र व्यवहार र कुटपिट गरेकी कुँवरलाई शुक्रबार बिहान बालाजुबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

कुँवरले युवतीमाथि कुटपिट गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो। कुँवरले युवतीमाथि कुटपिट गर्दा हेरेर बसेका दुई प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महानगरीय प्रहरी परिसर टेकुको हिसरातमा राखिएकी कुँवरले आफूलाई प्रहरीले घोर अन्याय गरेको भन्दै आक्रोश पोखेकी छन्। प्रहरीले उनीमाथि अनुसन्धान सुरु भएको बताएको छ।

महिला हवल्दारलाई नै काम छुटेपछि..
शुक्रबार कथित धर्तीमातालाई प्रहरीले सार्वजनिक गर्ने तयारी गरिरहेको थियो। तर, भिडियोमा किशोरीमाथि कुटपिट हुँदा देखिएकी हवल्दार एकाएक काप्न थालिन्। भर्खरै काठमाडौं दरबन्दी भएर आएकी महिला हवल्दार पूजापाठका लागि भद्रकाली पुगेका बेला कथित धर्तीमाता कुँवरलाई देखेकी थिइन्।

ती हवल्दार र कुँवरबीच पहिल्यै चिनजान र भेटघाट हुँदै आएको खुलेको छ। भिडियोमा हवल्दारकै सामु किशोरीमाथि निर्घात कुटपिट हुँदा मुकदर्शक भएर बसेपछि उनलाई विभागीय कारबाही गर्ने निर्णय प्रहरीले लिइसकेको छ।

अनुसन्धानका लागि काठमाडौं परिसर झिकाइएकी हवल्दार शुक्रबार एकाएक काप्न थालेपछि प्रहरी चकित पर्यो। लगत्तै ति हवल्दारलाई उनको दरबन्दी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पुर्याइयो। प्रहरी स्रोतका अनुसार ति हवल्दार मानसिक रुपमा विक्षिप्त छन्।

प्रहरी स्रोतका अनुसार ति हवल्दार धर्ममा बढी आस्था राख्छिन्। त्यही आस्थाकै आधारमा उनले कथित मातालाई पटकपटक भेटेको देखिन्छ। शुक्रबार बिहान प्रहरीले मातालाई पक्राउ गरेर ल्याएको देखेपछि आफूलाई देउता चढेको भन्दै ति हवल्दार काप्न थालेकी थिइन्। काप्ने र बरबरराउने गरेपछि तत्कालै परिसरबाट महाराजगञ्ज पठाइएको थियो।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार हवल्दारमा अचानक देखिएको फरक रुपबारे समेत अनुसन्धान सुरु भएको छ। हवल्दारको नाम भने गाेप्य राखिएकाे छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ