‘सिरिन्ज’ आक्रमणकारीको बयान : 'ढलानको किला रोप्दा मजा आउने भएकाले रोपेको हुँ'

2019-06-28

काठमाडौं - काठमाडौं उपत्यकामा युवतीमाथि शृंखलाबद्ध 'सिरिन्ज' आक्रमण गर्ने एक युवा पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की छन्। पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्।

उनलाई अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ। उनले बयानमा किला रोपेको बताएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले दुनियाँ खबरलाई जानकारी दिए।

उनले बयानमा भनेका छन्, ‘किला रोपेँको हुँ। त्यो पनि युवतीलाई मात्रै रोपेको हो मैले। किला रोप्दा मजा आउने भएकाले रोपेँ।’

रामेछाप घर भएका कार्की ५ वर्ष दुबई बसेर नेपाल फर्किएको पाइएको छ। उनले महाराजगन्जमा रेस्टुरेन्टसमेत चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

उनलाई महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको थियो। उनले अहिलेसम्म ६ जना युवतीलाई किला रोपेको बताएका छन्।

पछिल्लो समय उपत्यकामा सिरिन्ज जस्तो वस्तुबाट युवतीमाथि आक्रमण हुन थालेपछि त्रास बढेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ