मर्जरका लागि पार्टनर खोज्न वाणिज्य बैंकहरुलाई एक हप्ताको अल्टिमेटम

2019-06-28

काठमाडौँ - मर्जरका लागि पार्टनर खोज्न वाणिज्य बैंकहरुलाई राष्ट्र बैंकले एक हप्ताको अल्टिमेटम दिएको छ । बैंकले उपयुक्त संस्था छनौट गरी जानकारी गराउन वाणिज्य बैंकहरुलाई एक हप्ताको समय सिमा थपेको हो । २८ वटै बाणिज्य बैकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालक समितिका अध्यक्षहरुलाई डाकेर राष्ट्र बैंकले मर्जरका लागि पार्टनर खोजेर असार १९ गतेसम्ममा जानकारी गराइसक्न निर्देशन दिएको हो ।

कमजोर जोखिम ब्यवस्थापन, तरलता समस्या, समग्र ऋणको बढ्दो जोखिम लगायतका समस्याहरुको समाधानका लागि मर्जरमा जानुपर्ने आवश्यकता रहेको केन्द्रिय बैंकको निष्कर्ष छ । बैंकमा संस्थागत सुशासनमै समस्या देखिएको, खराब कर्जा बढेको, सीसीडी पालना नभएको, स्प्रेड दर कायम नभएको , प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको कर्जा नदिएको, सीआरआर पूरा नगरेको जस्ता समस्याको उठान गर्दै राष्ट्र बैंकले यस्ता समस्याको समाधानका लागि मर्जर नै उचित विकल्प रहेको बताए ।

पुँजीवृद्धिको योजना जस्तै मर्जर नीति पनि सफल बनाउने प्रतिज्ञाका साथ गभर्नर डा. नेपालले बजेटमै मर्जरको बिषय आएकाले लबिङका लागि कतै पनि नजान सचेत समेत गराए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ