बालुवाटार जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेका अख्तियारका पूर्वकर्मचारी फरार

2019-06-28

काठमाडौँ - बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् ।

मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी गर्दै उनीसहित तीनजनालाई सात दिनभित्र उपस्थित हुन भनेको छ । अन्य दुईजना डा. शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदी हुन् । उनीहरू बालुवाटारको जग्गा व्यक्तिको नाममा लैजाने मुख्य बिचौलिया हुन् । सो जग्गामा मोही खडा गरेर उनीहरूले आफ्नो नाममा ल्याई पछि अरूलाई बिक्री गरेका थिए । यसअघि बुधबार अख्तियारले ८६ जनालाई पनि उपस्थित हुन सूचना प्रकाशन गरेको थियो । यीमध्ये धेरै मोही छन् ।

सरकारले अधिग्रहण गरेको सो जग्गा ढकाल, सुवेदी, केसीलगायत मिलेर जफत गरेको व्याख्या गरी कांग्रेस नेता सुवर्णशमशेर राणाका सन्तानलाई फिर्ता दिलाएका थिए । जब कि सरकारले हाल प्रधानमन्त्री, सभामुख तथा प्रधानन्यायाधीश निवास रहेको जग्गासहित दुई सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो । सरकारी निवासबाहिर बेवारिसे रहेको जग्गालाई चलखेलका आधारमा फिर्ता गरिएको थियो । सो प्रकरणमा अख्तियारले धेरैसँग बयान लिइसकेको छ । उसले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ