एसइईको नतिजा सार्वजनिक गर्न आज बोर्ड बैठक बोलाइयो, लगत्तै नतिजा प्रकाशन हुने

2019-06-27

भक्तपुर - परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको जनाएको छ । अब बोर्डको बैठक बसेपछि नतिजा प्रकाशन हुने कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले बताए । बिहीबार दिउँसो १ बजे बैठक डाकिएको छ । यसअघि बुधबार नै बोर्ड बैठक बसेर नतिजा सार्वजनिक गर्ने तयारी भए पनि पुनः परीक्षण नसकिएकाले बैठक सरेको हो ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक शर्माले भने, ‘कार्यालयले नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको छ । साधारणतया बोर्ड बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुन्छ ।

यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको हो । विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।

नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् । छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

यसरी हेर्न सकिन्छ नतिजा
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन सकिन्छ । परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ