पोखरा महानगरको बजेट ७ अर्ब

2019-06-26

पोखरा - भूगोलका हिसाबले देशकै ठूलो महानगरपालिका पोखराले आर्थिक वर्ष २०७६/७७ का लागि ७ अर्ब ५४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमेयर मञ्जुदेवी गुरुङले पूर्वाधारमा ठूलो हिस्सा छुट्याएको बजेट मंगलबार सार्वजनिक गरिन् । पुँजीगततर्फको ३६ प्रतिशत बजेट पूर्वाधार निर्माणमा केन्द्रित छ ।

बजेटले आर्थिक, भौतिक र सामाजिक पूर्वाधार विकास, संस्थागत क्षमता विकास गरी सुशासन प्रवद्र्घन, कृषि क्षेत्रको आधुनिकीकरण र पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्य राखेको छ ।

आन्तरिक आय २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरिएकोमा ६८ करोड ५० लाख रुपैयाँ घाटा बजेट उपमेयरले प्रस्तुत गरिन् । घाटामध्ये १० करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने, ३६ करोड ५० लाख जनसहभागिता जुटाउने र बाँकी चालु आवको मौज्दातबाट २२ करोड रुपैयाँ व्यहोरिने उनले उल्लेख गरिन् ।

चालु आर्थिक वर्षको बजेट मेयर मानबहादुर जिसीले प्रस्तुत गरेका थिए । यसपालि भने उपमेयर मञ्जुदेवी गुरुङले बजेट ल्याइन् । उनी महानगरपालिकाको राजस्व परामर्श समितिकी संयोजकसमेत हुन् ।

‘प्रशासनिक खर्चमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषहरुमा ४० करोड, संसद विकासका कोष कार्यक्रम १४ करोड तथा विभिन्न विषयगत समितिहरुको पुँजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरेकी छु,’ उपमेयर गुरुङले भनिन् ।

महानगरपालिकाले वडा केन्द्रहरुलाई पोखराको मुख्य बजारसँग जोड्ने सडकलाई प्राथमिकता दिँदै आएको छ । विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’ निर्माण महानगरपालिकाले पोहोरै थालेको थियो । आउँदो आर्थिक वर्षको बजेटमा उक्त रोडका लागि प्रशस्त रकम विनियोजन भएको छ ।

‘कनेक्टिङ सडकको आगामी आवमा सम्पन्न गर्ने गरी ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरेकी छु’, उपमेयर गुरुङले भनिन्, ‘गत वर्षका ३ पुललाई निरन्तरता दिँदै अरु ४ ठाउँमा पक्की पुल निर्माणका लागि २३ करोड २८ लाख रुपैयाँ विनियोजन गरेकी छु ।’

महानगरपालिकाले गत वर्षको बजेटमा तालदेखि तालसम्म मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भनेको थियो । तर यसपालि उक्त शीर्षक हटेको छ । गण्डकी प्रदेश सरकारले नै उक्त काम गर्ने भएपछि महानगरले उक्त योजना आउँदो वर्षको बजेटमा समावेश गरेन ।

आगामी आर्थिक वर्षमा ९ वटा वडा कार्यालय भवन निर्माण गर्ने महानगरपालिकाको बजेटमा उल्लेख छ । उपमेयर गुरुङले उक्त योजनाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइन् । यो आवमा २, ११, १२, ३०, ३२, १९ र २२ का वडा कार्यालय भवन निर्माणाधीन छन् । गर्ने उद्देश्य राखेको छ ।

आन्तरिक आय २ अर्ब ५० करोड २९ लाख रुपैयाँ अनुमान गरिएकोमा ६८ करोड ५० लाख रुपैयाँ घाटा बजेट उपमेयरले प्रस्तुत गरिन् । घाटामध्ये १० करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने, ३६ करोड ५० लाख जनसहभागिता जुटाउने र बाँकी चालु आवको मौज्दातबाट २२ करोड रुपैयाँ व्यहोरिने उनले उल्लेख गरिन् । चालु आर्थिक वर्षको बजेट मेयर मानबहादुर जिसीले प्रस्तुत गरेका थिए । यसपालि भने उपमेयर मञ्जुदेवी गुरुङले बजेट ल्याइन् । उनी महानगरपालिकाको राजस्व परामर्श समितिकी संयोजकसमेत हुन् ।

‘प्रशासनिक खर्चमा २ अर्ब १५ करोड ५४ लाख ४० हजार, विभिन्न कोषहरुमा ४० करोड, संसद विकासका कोष कार्यक्रम १४ करोड तथा विभिन्न विषयगत समितिहरुको पुँजीगत खर्च ४ अर्ब ७० करोड ९९ लाख ६० हजार विनियोजन गरेकी छु,’ उपमेयर गुरुङले भनिन् ।

महानगरपालिकाले वडा केन्द्रहरुलाई पोखराको मुख्य बजारसँग जोड्ने सडकलाई प्राथमिकता दिँदै आएको छ । विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’ निर्माण महानगरपालिकाले पोहोरै थालेको थियो । आउँदो आर्थिक वर्षको बजेटमा उक्त रोडका लागि प्रशस्त रकम विनियोजन भएको छ ।

‘कनेक्टिङ सडकको आगामी आवमा सम्पन्न गर्ने गरी ७२ करोड ४० लाख ३८ हजार बजेट विनियोजन गरेकी छु’, उपमेयर गुरुङले भनिन्, ‘गत वर्षका ३ पुललाई निरन्तरता दिँदै अरु ४ ठाउँमा पक्की पुल निर्माणका लागि २३ करोड २८ लाख रुपैयाँ विनियोजन गरेकी छु ।’

महानगरपालिकाले गत वर्षको बजेटमा तालदेखि तालसम्म मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भनेको थियो । तर यसपालि उक्त शीर्षक हटेको छ । गण्डकी प्रदेश सरकारले नै उक्त काम गर्ने भएपछि महानगरले उक्त योजना आउँदो वर्षको बजेटमा समावेश गरेन । आगामी आर्थिक वर्षमा ९ वटा वडा कार्यालय भवन निर्माण गर्ने महानगरपालिकाको बजेटमा उल्लेख छ । उपमेयर गुरुङले उक्त योजनाका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिइन् । यो आवमा २, ११, १२, ३०, ३२, १९ र २२ का वडा कार्यालय भवन निर्माणाधीन छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ