किर्तिपुर र जावलाखेल सहित देशभरका २८ भन्दा बढी स्थानमा बमसहित शंकास्पद वस्तु फेला

2019-06-25

काठमाडौं - देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन्। प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार देशका २८ भन्दा बढी स्थानमा शंकास्पद वस्तु राखिएको भेटिएको छ। जनतामा त्रास र भय सिर्जना गर्न तार हुक गरी यस्ता शंकास्पद वस्तु राखिएको उनले बताए।

यसैक्रममा यस्तै शंकास्पद वस्तु किर्तिपुर र ललितपुरको जावलाखेलमा समेत राखिएको भेटिएको छ। किर्तिपिरको नयाँबजारको गेट छेउमा बिहान ५:०५ बजेको समयमा रातो झण्डाले बेरिएको भित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु भेटिएको र सो वस्तु बम नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ।

यस्तै शंकास्पद वस्तु जावालाखेलमा पनि भेटिएको भए पनि सो वस्तु बम नभएको प्रहरीले स्पष्ट पारेको छ।

विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि देशभर सुरक्षाव्यवस्था कडा बनाइएको छ। सोमबार रात्री सेवा तथा मंगलबार बिहान छुटेका लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्‍याउने काम भइरहेको पनि प्रहरीले जनाएको छ।

राजधानी काठमाडौंबाट विभिन्न जिल्ला जाने लामो दूरी तथा जिल्लाहरुमा चल्ने छोटो दूरीका सवारीसाधन ठप्प प्रायः छन्। विद्यालय, बजार तथा उद्योग, कलकारखानासमेत बन्दको प्रभावमा परेका बताइएको छ। आफ्ना कार्यकर्ता हत्या तथा पक्राउ गरेको विरोधमा आज विप्लव नेकपाले नेपाल बन्द आह्वान गरेको हो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ