काठमाडौं महानगरले साढे १५ अर्बको बजेट ल्याउँदै

2019-06-25

काठमाडौँ - काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि झन्डै साढे १५ अर्बको बजेट ल्याउने भएको छ । मंगलबार दिउँसो तीन बजे राष्ट्रिय सभागृहमा मेयर विद्यासुन्दर शाक्यले बजेट भाषण गर्नेछन् । स्रोतका अनुसार महानगरले करिब १५ अर्ब ४६ करोड ९९ लाख ४८ हजारबराबरको बजेट ल्याउने तयारी गरेको छ । यद्यपि, मंगलबार दिउँसो १ बजे बस्ने नगर कार्यपालिकाले बजेटको आकारलाई अन्तिम रूप दिनेछ ।

बैठकले नगरसभामा प्रस्तुत आर्थिक विधेयकसम्बन्धी प्रस्ताव तयार गर्नेछ । महानगरले चालू आर्थिक वर्षको भन्दा २ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको हो । चालू आर्थिक वर्षमा महानगरले १३ अर्ब २ करोड १२ लाख ३७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

चालू वर्षमा आधा बजेट पनि खर्च भएन
कुल बजेटमध्ये चालू आर्थिक वर्षमा महानगरले ६ अर्ब मात्रै खर्च भएको जनाएको छ । रानीपोखरी, धरहराजस्ता ठूला परियोजना खोसिएपछि बजेट खर्च हुन नसकेको महानगरले जनाएको छ । महानगरले ५ जेठमा नीति तथा कार्यक्रम ल्याएको थियो । नीति तथा कार्यक्रममा सम्पदा संरक्षण, भौतिक पूर्वाधार, वातावरण सुधारलगायतका महत्वाकांक्षी योजना समेटिएका छन्  ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ