बुढीगण्डकी गेजुवालाई दिइसकिएको कुरा हल्ला मात्रै : ऊर्जामन्त्री पुन

2019-06-24

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बुढीगण्डकी आयोजना गेजुवा कम्पनीलाई दिइ नसकेको स्पष्ट पारेका छन्। सोमबार संसदमा बोल्दै मन्त्री पुनले १२ सय मेगावाट उत्पादन क्षमता रहेको बुढीगण्डकी जलविद्युत आयोजना चीन सरकारको स्वामित्वमा रहेको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सिजिजिसी) लाई दिई नसकेको स्पष्ट पारे।

बिना प्रतिस्पर्धा चिनियाँ कम्पनीलाई आयोजना सुम्पिएको भन्ने विषयमा कुनै सत्यता नरहेको उनको भनाइ छ। ‘बिना प्रतिस्पर्धा चिनीयाँ कम्पनीलाई आयोजना दिन लागिएको भन्ने विषयहरु बाहिर आएका छन्। उक्त कम्पनीसँग वार्ता गरी आयोजना विकासको खाका तयार गर्न मात्र मन्त्रालयलाई अख्तियारी दिइएको स्पष्ट पार्न चाहन्छु,’ मन्त्री पुनले भने।

यथाशीघ्र उपयुक्त मोडलको छनोट गरी आयोजनाको निर्माण अगाडि बढाइने पनि उनले बताए।

आयोजनाको डुबान क्षेत्रमा पर्ने ५८ हजार १ सय १ सय ५३ रोपनी जग्गामध्ये ४२ हजार ४ सय ५३ रोपनी जग्गाको मुआब्जा वितरण भइकेको छ। आगामी आर्थिक वर्षभित्रै सबै डुबान क्षेत्रको मुआब्जा वितरण तथा पुनर्बास पुनर्स्थापना लगायतका काम सकिने मन्त्री पुनको भनाइ छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ