सन्दीपको सफलताको यात्रा

2019-06-20

काठमाडौं - नेपाली खेलकुदमा पछिल्लो समय चर्चाको शिखरमा रहेका खेलाडी हुन्, सन्दीप लामिछाने। उनी नेपाली खेलकुदको ‘रोल मोडल’ पनि हुन्। नेपाली खेलकुदमा केही गर्न सकिन्न भन्नेका लागि एउटा गतिलो उत्तर हो, सन्दीप। विश्व क्रिकेट जगत्मा सन्दीपको उपस्थितिले नेपाली खेलकुद जगत्लाई धेरै आशावादी बनाएको छ। जतिबेला सन्दीपलाई कसैले चिन्दैन थियो, त्यही बेला उनको मनमा एउटा प्रश्न थियो, नेपालको राष्ट्रिय टोलीमा प्रवेश पाउन के गर्नुपर्छ ? यही एउटा प्रश्न उनी कस्ता छन् भनेर प्रस्ट पार्छ।

त्यही प्रश्नले उनलाई चितवनको ट्रेनिङ सेन्टरमा पुर्‍यायो, त्यसपछि के भयो, त्यो त अब इतिहास हो। चितवनको क्याम्पाचौरबाट भरेको उनको उडान विश्व क्रिकेटका सबै नाम फ्रान्चाइज क्रिकेटका लिगसम्म पुगेको छ। उनी यस्ता खेलाडी हुन्, जसको चर्चा नेपालमै मात्र सीमित छैन, बरु चर्चा छ त पूरै विश्व क्रिकेटमा। वर्ष २०७५ मा उनको प्रदर्शनले उनलाई विश्व क्रिकेटकै एक उदीयमान स्टार बनाएको छ। विश्व क्रिकेटमा उनको नाम सुनेपछि केही न केही प्रतिक्रिया दिन खोज्ने पनि उत्तिकै होला।

उनलाई नेपाली मिडियाले मात्र पछ्याइरहेको छैन, क्रिकेटमा रुचि राख्न सबै देशका मिडियाका लागि उनी प्रिय र चर्चा गर्न योग्य पात्र हुन्। अचेल कोही कति चर्चित छ भनेर नाप्न सामाजिक सञ्जालको मद्दत लिइन्छ। हामीले पनि यसलाई नै आधार मान्ने हो भने नेपाली खेलकुदमै उनी सर्वाधिक पछ्याइएका र पछ्याउन योग्य खेलाडी हुन्। सूची नै बनाउने हो भने फेसबुकमा उनलाई पछ्याउनेको संख्या दुई लाख ५६ हजार छ, इन्स्टाग्राममा यो संख्या एक सय ३१ हजार छ। अनि ट्विटरमा एक सय ४९ हजारको हाराहारीमा छ।

के यो सन्दीप मैदानमा जति सफल छन्, त्यत्तिकै मैदानबाहिर पनि धेरैका प्रिय छन् भन्ने चिन्ह होइन र ? त्यसैले त सन्दीप पनि परेका छन्, ‘एनएसजेएफ इन एसोसियसन विथ एक्सन स्पोर्टस एजडी प्रिजेन्स बजाब पल्सर स्पोर्टस अवार्ड पावर्ड बाइ गोल्डस्टार’ को पिपुल्स च्वाइस अवार्डको मनोनयमा स्पोर्ट्स अवार्डको यो विधामा पांच प्रत्यासी छन्। त्यसको निर्णय हुनेछ, मतका आधारमा। सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मत यसको निर्णायक पक्ष हो। स“गै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ।

आपूm यो अवार्डको मनोनयनमा परेपछि उनले भनेका छन्, ‘म तेस्रो पल्ट यो स्पोर्ट्स अवार्डको मनोनयनमा परेको छु। मलाई यहा“सम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद।’ उनले ट्विटरमा पनि आफ्ना भावना पोखेका छन्, ‘मैले यो अवार्ड जित्नेछु अथवा छैन, त्यो थाहा छैन। मैले पाएको साथ र मायाका लागि सबैप्रति आभारी छु।’ वर्ष २०७५ मा उनको सबैभन्दा उल्लेखनीय पक्ष लगातार दोस्रो वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्नु हो। त्यसपछि उनले अस्टे«लियाको बिग बास खेले, वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेले।

अनि पाकिस्तानको सुपर लिग, बंगलादेशको प्रिमियर लिग पनि। नेपालले ऐतिहासिक रूपमा वान डे र ट्वेन्टीट्वेन्टी अन्तर्राष्ट्रिय खेल्दा पनि उनी टोलीका प्रमुख सदस्य थिए। त्यस्तै आईसीसी वल्र्ड ट्वेन्टीट्वेन्टी एसिया रिजन क्वालिफायरमा उनले २४ विकेट लिएका थिए। अझ उनी एकै वर्ष ट्वेन्टीट्वेन्टी क्रिकेटमा ५० विकेट लिने भाग्यमानी केही खेलाडीमा पनि पर्छन्। अब यस्ता अद्वितीय खेलाडीलाई अवार्ड दिलाउने काम नेपाली क्रिकेटका प्रशंसकको हो।

 

अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ