एसइईको प्रश्नपत्र आउट गर्ने प्रहरी र शिक्षक बिरुद्ध मुद्दा दायर

2019-06-12

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरीसहित १२ जनाविरुद्ध मंगलबार मुद्दा दायर गरको छ । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । एसइईको प्रश्नपत्र चुहाएको आरोपमा दुई प्रहरीसहित १२ जनाविरुद्ध मुद्दा दायर भएको छ । इलाका प्रहरी कार्यालय कल्याणपुर, सिरहाका प्रहरी जवानहरू दीपेन्द्रकुमार मण्डल र ब्रम्हा देव सुनरैतसहितका व्यक्तिविरुद्ध आयोगले मुद्दा दायर गरेको छ ।

कल्याणपुरस्थित प्रहरी कार्यालयबाटै प्रश्नपत्र प्रहरीले नै ‘लिक’ गरेको थियो । उनीहरूलाई गत चैतमै प्रहरीले पक्राउ गरी मुद्दा दायर गरेको थियो । अदालतले जवानद्वयलाई थुनामा राख्ने र अन्यलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । अख्तियारले फेरि छानबिन गरी उनीहरूमाथि मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुने अन्यमा मनोजकुमार यादव, अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, श्रवण यादव र इन्द्र यादव छन् । अन्य चारजनाविरुद्धसमेत आयोगले मुद्दा दायर गरेको छ । उनीहरू १६ वर्षभन्दा कम उमेरका भएकाले नाम नखुलाइएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ