अमेरिकामा अन्धाधुन्द गोली चल्यो, कम्तीमा ११ जनाको मृत्यु

2019-06-01

काठमाडौं - अमेरिकाको भर्जिनिया राज्यमा अन्दाधुन्द गोली प्रहार हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । एक प्रहरीसहित ६ जना घाइते भएका छन् । यो घटना एक सरकारी कार्यालयमा भएको हो । भर्जिनिया बीच म्युनिसपल सेन्टरको एक कर्मचारीले आफ्नो कार्यकक्षमा अन्दाधुन्द गोली चलाउँदा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीको पहिचान भने सार्वजनिक गरिएको छैन । ती आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । यो घटना शुक्रबार स्थानीय समयअनुसार अपराह्न ४ बजेपछि भएको हो ।

भर्जिनियाका गभर्नर राल्फ नार्थमले भर्जिनिया बीच र पूरै कमनवेल्थका लागि त्रासदीपूर्ण दिन भनेका छन् । यसैगरी भर्जिनिया बीचका मेयर बबी डायरले यस घटनालाई इतिहासकै सबैभन्दा डरलाग्दो दिन भनेका छन् ।

अमेरिकी मिडियाहरुका अनुसार घटनास्थलमा एफबीआईको टोली पुगेर अनुसन्धान सुरु गरेको छ । गोलीबारीको घटनाको रेकर्ड राख्दै आएको अमेरिकी वेबसाइट गन भ्वाइलेन्सका अनुसार अमेरिकामा यसै वर्ष मास सुटिङको यो १५० औं घटना हो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ