2019-05-13 |
इन्डियन प्रिमियर लिग २०१९ को रोमाञ्चक फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई एक रनले हराउँदै उपाधि उचालेको छ ।
चेन्नई सुपर किंग्सलाई १ रनले हराउँदै मुम्बई आईपीएलको सर्वाधिक सफल टिम समेत बन्न सफल भयो । डिफेन्डिङ च्याम्पियन चेन्नईले तीन उपाधि जितेको छ भने मुम्बईले यो संस्करणसँगै उपाधि संख्या चार बनाएको छ ।
टस जितेर ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको थियो ।
मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाएका थिए । उनले २५ बलमा तीन चौका र तीन छक्का प्रहार गरेका थिए । ओपनर क्वीन्टन डि ककले २९ रन बनाए भने इशान किसनले २३ रन, हार्दिक पाण्ड्याले १६ रन बनाए । रोहित शर्मा र सूर्यकुमार यादवले १५–१५ रन बनाए ।
बलिङतर्फ दिपक चहरले तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले २–२ विकेट लिए ।
१५० रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ७ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।
चेन्नईका लागि शेन वाट्सनले ८० रनको योगदान दिए । उनले ५९ बलमा आठ चौका र चार छक्का प्रहार गरेका थिए । चेन्नईका लागि फाफ डु प्लेसिसले २६ रन बनाए भने ड्वाइन ब्राभोले १५ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ मुम्बईका लागि जस्प्रित बुम्राहले दुई विकेट लिए भने क्रुनाल पाण्ड्या, लसिथ मलिंगा र राहुल चहरले एक-एक विकेट लिए । चेन्नईका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।
अन्तिम ओभरको रोमाञ्चकता
चेन्नईका लागि शेन वाटसनले विस्फोटक ब्याटिङ गर्दै ८० रन बनाए पनि उपाधि जिताउन भने सकेनन् । वाटसन आउट भएपछि चेन्नईलाई जितका लागि ४ रनको आवश्यकता थियो । अन्तिम दुई बलमा चेन्नईले केवल दुई रन मात्र बनाउन सक्यो ।
अन्तिम ओभरमा जितका लागि चेन्नईलाई नौ रन आवश्यक थियो । यस ओभरको पहिलो तीन बलमा मलिंगाले चार रन दिए । चौथो बलमा वाटसन आउट भए । पाचौँ बलमा शार्दुल ठाकुरले दुई रन बनाए ।
आईपीएल २०१९ को अन्तिम बलमा दुई रन बनाएर चेन्नईलाई उपाधि जिताउने सपना देखेका शार्दुल ठाकुर मलिंगाको बलमा एलबीडब्ल्यू आउट भए । अघिल्ला ३ ओभरमा ४२ रन खर्चेका मलिंगाले अन्तिम ओभरमा महत्वपूर्ण विकेट लिँदै मुम्बईलाई चौथो पटक उपाधि जिताउन सफल भए ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...