2019-05-12 |
हामी माक्र्स–लेनिन आदिका चेला । हामी उहाँहरुलाई साम्यवादी विचार र आचारका प्रणेतास सर्वहारा वर्गीय सिद्धान्त र व्यवहारका प्रवर्तकस द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शनका द्रष्टा र कर्तास क्रान्तिकारी संगठन र संघर्षका श्रष्टा र नेतास स्वच्छता, सरलता, स्वाभिमान, त्याग, तपस्या र सदाचारका सर्वोपरी मोडेल, मानवजातिको मुक्तिमार्गका प्रदर्शक, एवं सर्वा्धिक ठुला दार्शनिक र आदर्श नायक भन्दछौं । र, उहाँहरुप्रती संझना, श्रद्धा र सलामी टक्राउँछौं पनि तर व्यवहार के गर्छौ ? अहिले माक्र्सको २०१ औं जयन्तिका सन्दर्भमा माक्र्सका विचार र आचार एवम् तीबीचको समन्वयको कुरा विशेष सान्दर्भिक भएको छ । किनकी, विचार र दृष्टिकोण सही र क्रान्तिकारी अनि सो अनुसारकै आचार–व्यवहार हुँदा नै माक्सदेखि माओसम्मका गुरुहरुले संसारमा क्रान्तिकारी भूकम्प ल्याउन सक्नुभएको कुरा विशेष स्मरणीय छ ।
यससन्दर्भमा माक्र्सले आफ्नी छोरी विरामी पर्दा उपचार गराउन नसक्नु र मर्नु अनि मर्दा कात्रो किन्ने पैसा नभएर आफ्नो कोट बेचेर कात्रो किनी सतगत गर्नु तर विचार र व्यवहारमा विचलित नहुनु विशेष उल्लेखनीय छ । यो कुरा वर्तमान नेपाल, नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाईको प्रधानमन्त्रीय सरकारका वैभवपूर्ण आचर्ण हुनु, सत्ताकै नेतृत्वदायी पार्टीका महासचिव, जो लामो समयदेखी सांसद रहिआएका र अर्थमन्त्रीसम्म भैसकेका नेताले प्रम निवासकै जग्गा किनेको भेटिंदा अनि सरकारी वाइड बडी खरिद प्रकरणमा आफ्नै दलका सांसद सहितको संसदीय छानविनले ४-५ अरव रुपैयाँ भ्रष्टाचार भएको भन्ने आरोप आफ्नै दलका नेता–मन्त्रीलाई समेत लगाउनु तर त्यसको छानविन गर्ने समिति बनाएर पनि अन्तिम छानविनसम्म नगर्नु–नगराउनु गरेर केस ढिसमिस पार्न खोज्नु गुरु–चेलाका विरोधाभासपूर्ण कुरा हुन् ।
सामान्यतया सबैजसो पुँजीवादी संसदवादी देशहरुमा भ्रष्टाचार महारोग नै हुने गर्दछ । त्यसमा पनी अल्पविकसित र विकासशील मुलुकहरुमा त झन् यो रोग सर्वव्यापी बन्ने गरेको छ । यस्तोसम्म हुने गरेको छ कि, कसैले भ्रष्टाचार गर्दैन भने या त उसको नाममा अरु कसैले भ्रस्टाचार गरेको हुन्छ, या ऊ त्यो हैसियतबाट बाहिरिन्छ । यसरी भ्रस्टाचार सबै ठाउँमा, सबै कामकारबाहीमा, सबै ब्यक्तिविशेषमा र सबै प्रकियामा हुने मात्र होइन कि यसप्रकारको भ्रष्टाचारले गर्दा राष्ट्रको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक जीवनका हर क्षेत्रमा विकृति–विसङ्गती फैलिन्छन् । यही कुरा नेपालमा आज भैरहेको विडम्बनापूर्ण अवस्था छ । आज भ्रष्टाचारकै कारण नेपालको अस्तित्व संकटमा परेको छ । यहीँनेर एउटा विचित्रको कुरा के छ भने आफूलाई समाजवादी वा समाजवाद उन्मुख भन्ने सबैजसो राजनीतिक शक्ति र अझ खाँटी देशभक्त र साम्यवादी भन्ने शक्तिले पहिले त अल्पमतकै र पटकपटक संयुक्त भएरै पनि अनि अहिले दुइतिहाइ बहुमतको कम्युनिस्टको सरकार चलाउँदा समेत जनजीविकालाई प्रत्यक्ष प्रभाव पार्ने बहुआयामिक प्रकृतिको प्रतिनिधि समस्या–भ्रष्टाचार घट्नुको साटो झन्(झन् देखिनु दुखद आश्चर्य भएको छ ।
पुँजीवाद भनेको पुँजीलाई मुख्य आधार मानेर चल्ने ब्यवस्था र पुँजीपति भनेको पुंजी कमाएको र मुख्यत : पुँजी कमाउने सोंच भै त्यसैमा केन्दृत हुने व्यक्ती हो । तर, श्रम र समाजलाई मुख्य केन्द्र बनाएर सोंच्ने समाजवादी वा कम्युनिस्ट हो । त्यसैले पुँजीवादीहरुले पुँजी कमाउनको निम्ति भ्रष्टाचार गर्नु अश्वाभाविक मानिन्न तर एउटा समाजवादी-साम्यवादीले भ्रष्टाचार गर्नु महाअपराध मानिन्छ । त्यसैले कम्युनिस्टहरु सरकारमा भैरहँदा पनि भ्रष्टाचार भैरहनु र अझ आफै मन्त्री-नेताहरुलाई नै भ्रष्टाचारको आरोप लाग्नु सर्वा्धिक गम्भीर र चिन्ताको कुरा हो ।
देसमा राजनीतिक आन्दोलनसँगै उठेको जनजीविकाको समस्या समाधानको साटो झन् विकराल बन्नुमा भ्रस्टाचार नै मुख्य कारण रहेको छ । यो भ्रष्टाचार आर्थिक क्षेत्रमा नभएर राजनीतिक, प्रशासनिक, सामाजिक, सांस्कृतिक , धार्मिक, न्यायिक, कूटनीतिक र सामरिक सबै क्षेत्रमा अर्थ-वित्तको, नीति-नियमको, विधि-विधानको र पद्धती–प्रक्रियाको अपचलन, उपेक्षा, अपव्याख्या र तोडमरोडका रुपमा अभिव्यक्त भएको छ । यसको चौतर्फी दुस्प्रभाव पर्नाले देशकै अस्तित्व रक्षाको संकटमा परेको हो ।
हुन त भ्रष्टाचार जस्तै घुसखोरी, कमिसनखोरी, दलाली, दादागिरी, चम्चागिरी, महङ्गी र कालाबजारी जस्ता थुप्रै समस्याले अहिले पनि नेपाल र नेपाली पूरै आक्रान्त छन् तथापी यी भ्रष्टाचारकै विभिन्न रुप हुन् । तसर्थ जनजीविकाको विषयमा संघर्ष गर्दा भ्रस्टाचारलाई मुख्य मुद्दा बनाई संघर्ष गर्नु अति नै जरुरी छ । र, यो संघर्ष पनि व्यक्तिगत र गुटगत जस्ता ससाना स्तर र रुपबाट मात्र नभएर व्यापक र वृहत् रुपबाट गर्नु जरुरी छ । त्यसको लागी राष्ट्रियता जनतन्त्र(लोकतन्त्र) र जनजीविकाका यावत् समस्याहरुलाई हल गर्न एउटा रणनीतिक प्रकारको सशक्त संयुक्त मोर्चा निर्माण गरेर त्यसैमार्फत राज्य र पार्टीका हर्ताकर्ताहरुमाथी निगरानी-नियन्त्रण गर्ने, सुझाव-दवाव दिने, विरोध-अवरोध गर्ने र अन्तत : भन्डाफोर र हस्तक्षेप समेत गरेर विभिन्न कारणले अस्तित्व रक्षाको संकटमा परेको देशलाई बचाउने, लोकतन्त्रको तानशाहीकरणलाई रोक्ने र सम्बद्र्धन गर्ने अनि विकराल बनिरहेको जनजीविकाको समस्यालाई हलगर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ ।
हामीले वर्तमान जिम्मेवारी गम्भीरता र दृढतापूर्वक निर्वाह गर्नको लागी तत्कालका आधारभूत मुद्दाहरु राष्ट्रियताको दृष्टिले गैरनेपालीलाई नागरिकता वितरण, लोकतन्त्रको दृष्टिले लोकतन्त्र (जनतन्त्र) को तानाशाहीकरण र जनजीविकाको दृष्टिले भयावह भ्रष्टाचारलाई रोक्नैपर्छ । यसको निम्ति लागि विभिन्न पार्टी-समूह, सामाजिक-सांस्कृतिक संघसंस्था, आर्थिक-वैचारिक ट्रस्ट-प्रतिष्ठान आदिबाट अलग-अलग संस्थागत र व्यक्तिगत रुपमा संघर्षरत हुनेमात्र होइन, सकेसम्म आफू सम्बद्ध संस्थाबाट संस्थागत रुपमा, नभए व्यक्तिगतरुपमा पनि सहभागी भै वृहत् संयुक्त मोर्चा निर्माण गरौं र निर्णायक संघर्ष गरौं ! अस्तु ।
लेखक शर्मा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता हुन् ।
चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...
निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...
मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...