दिल्लीलाई हराउंदै चेन्नई फाइनलमा, सिरिज जित्न फेरी मुम्बईसंग भिड्ने !

2019-05-11

काठमाडौं - भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल)को फाइलनमा पुगेको छ। शुक्रबार राति भएको दोस्रो क्वालिफायर खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटललाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

विशाखापाटनको क्रिकेट रंगशालामा भएको खेलमा चेन्नईले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १४७ रन बनायो।, चेन्नईले १९ ओभरमा ४ विकेट गुमाएर १५१ बनाउँदै जित हात पार्‍यो।

अनुभवी टोली चेन्नईका अगाडी युवा टोलीले भरिएको दिल्लीका ब्याट्सम्यान निरीह देखिए। दिल्लीले सुरुवातदेखि नै लगातार विकेट गुमाउँदा दबाबमा आई उच्च स्कोर खडा गर्न सकेन। दिल्लीका लागि ऋषभ पन्तले बनाएको ३८ रन नै सर्वाधिक रन बन्यो। त्यसपछि कोलिन मुन्रोले २७ र शिखर धावनले १८ रन बनाए। दिल्लीको ब्याटिङ लाइन धरासायी बनाउने क्रममा चेन्नईका दिपक चरह, हरभजन सिंह, रविन्द्र जडेजा र ब्राभोले २–२ विकेट र इमरान ताहिरले १ विकेट लिए।

१४८ रनको सामान्य लक्ष्य पछ्याएको चेन्नईका ओपनर शेन वाट्सन र डुप्लेसी सुरुका ३ ओभरमा खासै चल्न सकेका थिएन्। पछि निरन्तर आक्रमण गरी टोलीलाई जितको आधार बनाइदिए। दुवैजना ५०, ५० रन बनाएर आउट भए। अन्तिममा दिल्लीका बलरले चेन्नईका महत्वपूर्ण ब्याट्सम्यानको निरन्तर विकेट लिई दबाब बनाए पनि लक्ष्य निकै कम भएकाले चेन्नईलाई रोकेर खेल आफ्नो पक्षमा ल्याउन भने सकेनन्।

दिल्लीका लागि अमित मिश्रा, इशान्त शर्मा, अक्सर पटेल, ट्रेन्ट बोल्टले १–१ विकेट लिए। वेस्ट इन्डिजका किमो पउलबाहेक सबै बलरे उत्कृष्ट प्रदर्शन गरे। पउलले भने ३ ओभर बलिङ गर्दा कुनै विकेट नलिई ४९ रन लिए। बलरले राम्रो प्रदर्शन गरे पनि ब्याटिङमा जम्न नसक्दा पहिलो पटक आईपीएलको फाइनल पुग्ने दिल्लीको सपना पूरा हुन पाएन।

पाका खेलाडी भर्सेस युवा खेलाडी

अनुभवी खेलाडी ३७ वर्षीय धोनीको कप्तानीमा रहेको चेन्नई आईपीएलमा सबैभन्दा पाका खेलाडीले भरिएको टोली हो भने दिल्ली युवा खेलाडीले भरिएको टोली हो। शुक्रबारको टोलीमा समावेश मध्ये दिपक चहर २६ वर्ष र सार्दुल ठाकुर २७ वर्षबाहेक सबै खेलाडी ३० वर्ष पार गरेका छन्। दक्षिण अफ्रिकाका लेग स्पीनर इमरान ताहिर ४० वर्षीय सबैभन्दाबढी उमेरका हुन्।

यता २४ वर्षीय श्रेयस अयरको कप्तानीमा रहेको दिल्लीमा भने यस खेलमा उत्रिएका ११ जनामा शिखर धावन, इशान्त, शर्मा कोलिन मुन्रो र अमित मिश्राबाहेक अन्य ७ जनाको ३० वर्षभन्दा कमै उमेर छ। आक्रामक ब्याटिङ गर्न ओपनर पृथ्वी शाह १९ वर्षका मात्रै छन्। ५ जना त २५ वर्षमुनि कै खेलाडी समावेश थिए। अमित मिश्रा ३६ दिल्लीका सबैभन्दा पाका खेलाडी हुन् ।

लिग चरणाको खेलमा निकै उत्कृष्ट प्रदर्शन गरी प्लेअपमा स्थान बनाएको दिल्लीले इलिमिनेटर खेलमा हैदराबादविरुद्ध उत्रदाँ पनि फितलो ब्याटिङ गरेको थियो । हैदराबालले दिएको १६३ रनको लक्ष्प पार गर्ने क्रममा पनि ब्याटिङ लाइन धरमराएको थियो । ओपनर पृथ्वी शा र ऋषभ पन्तको उत्कृष्ट इनिङको मदतले मात्रै टोलीको जित सम्भव भएको थियो । त्यही खराब लयलाई पछ्याउँदा दिल्लीले फाइनलको यात्रा तय गर्न सकेन । शुक्रबारको खेलमा थप १५, २० रन मात्रै जोड्न सकेको भइ खेल दिल्लीको पक्षमा जाने देखिएको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ