नेकपा एकता : बाँकी एकता जेठ ३ मा घोषणा गर्ने तयारी

2019-05-09

काठमाडौँ - सत्तारुढ नेकपाका शीर्ष नेताहरूले बाँकी एकता ३ जेठमा घोषणा गर्ने तयारी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलमा शीर्ष नेताहरू पार्टी एकताको वार्षिकोत्सव (३ जेठ)मा पोलिटब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन र जनसंगठनहरूको एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको छलफलबाट तीनवटै विषय टुंगिएकाले केही दिनभित्रै घोषणाको तयारी भइरहेको बताए । अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफलमा महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल पनि सहभागी थिए ।

प्रधानमन्त्री ओली बिहीबार कम्बोडिया भ्रमणमा जाँदै छन् । १ जेठमा उनी फर्किएपछि सचिवालय बैठकबाट अन्तिम टुंगो लगाएर ३ जेठमा घोषणा गर्ने नेताहरूबीच समझदारी बनेको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएको ३ जेठमै एक वर्ष पुग्दै छ । सचिवालय बैठकबाट पारित नभइसकेकाले शीर्ष नेता सहमतिबारे खुलेर बोल्न चाहेका छैनन् ।

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीको एकतिहाइ रहने गरी एक सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ । पोलिटब्युरोमा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने समझदारीअनुसार नेताहरूले सूची बनाएका छन् । एमालेबाट साबिक पोलिटब्युरो सदस्यबाहेक दुईपटक केन्द्रीय सदस्य भइसकेका मध्येबाट वरिष्ठताका आधारमा सूची तयार भएको छ ।

पूर्वमाओवादीबाट भने अध्यक्ष प्रचण्डले साबिक केन्द्रीय सचिवालय सदस्यमध्ये रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँगको परामर्शमा वरिष्ठताको मर्यादाक्रममा अगाडि रहेकालाई समेटेर सूची बनाएका छन् । स्थायी समितिका नेताहरूलाई केन्द्रीय विभाग, पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज, केन्द्रीय सदस्यहरूलाई सहइन्चार्ज र क्षेत्रीय इन्चार्ज तथा विभिन्न जनवर्गीय संगठन र प्रतिष्ठानको इन्चार्ज बनाउने गरी कार्यविभाजनको प्रस्ताव बनिरहेको एक नेताले बताए ।

भ्रातृ संगठनमा सहसंयोजक थपिँदै

अध्यक्ष ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालबीच जनसंगठनहरूमा दुईदेखि तीनजनासम्म सहसंयोजक राख्नेसमेत छलफल भएको छ । जनसंगठनको एकता गर्दा दुवैतर्फका अध्यक्ष र महासचिवलाई समेट्न सहसंयोजक पद सिर्जना गर्ने गरी नेता समझदारीमा पुगेको स्रोतले बतायो । २२ मध्ये पाँच जनसंगठनको मात्रै एकीकरण सम्पन्न भएको छ ।

‘जनतामा उत्साह पैदा गर्ने बजेटको तयारी’

अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम पारित भएपछि जनतामा उत्साह पैदा गर्ने गरी बजेटको तयारी भइरहेको बताए । ‘विगतका अनुभवको समीक्षासहित यसपटक जनताले चाहेजस्तो बजेट ल्याउन, उत्साह र भरोसा दिलाउने गरी बजेटको तयारी भइरहेको छ,’ प्रचण्डले भने, ‘हामी नेतृत्वमा रहेका थुप्रै झरी–बादल, वसन्त पार गरेर आएका छौँ । पटक–पटक विभिन्न षड्यन्त्र र दमनलाई परास्त गर्दै विजयीतर्फ बढेको हुनाले कहिलेकाहीँ कुनै कोणबाट हेर्दा कदम अप्ठ्यारोजस्तो देखिए पनि सफलताको शिखरमा पु¥याउन सफल हुनेछौँ ।’

अध्यक्ष प्रचण्ड भन्छन् : टुंगो लागिसक्यो, केही दिनमा घोषणा हुँदैछ

एकता हुन लागेपछि नेताहरूबीच कचिंगल पैदा गर्ने प्रयास भएको थियो, तर हामीले परास्त गरेर एकता ग¥यौँ । अहिले पनि तल्ला कमिटीमा एकता प्रक्रियामा ढिलाइ हुँदा के हो भन्याजस्तो प्रचारबाजी भइरहेको छ । तर, हामीले केही दिनअघि जिल्ला कमिटीको एकता टुंग्याएपछि बुधबारको छलफलबाट एक कदम अघि बढिसकेका छौँ । पोलिटब्युरो बनाउने, कार्यविभाजन गर्ने, जनसंगठनहरूको एकता गर्ने प्रक्रियामा हामी अन्तिम टुंगोमा पुगेका छौँ । केही दिनभित्र यो घोषणा मिडियाकर्मीले लेख्न पाउनुहुनेछ । आमनेपाली, प्रगतिशील पक्षधरहरूका निम्ति त्यो खुसीको कुरा हुनेछ ।

 

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ