आकस्मिक अवतरणका क्रममा रुसी विमान दुर्घटनामा, ४१ जनाको मृत्यु (भिडियो सहित)

2019-05-06

मस्को - रुसको मस्कोस्थित सेरेमेट्येभो विमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ।

रुसी राष्ट्रिय ध्वजाबाहक 'एयरोफ्लोट'को 'सुखोई एसएसजे-१००' विमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य सवार थिए। विमान अवतरण हुने क्रममा ठूलो आगलागी भएको थियो।

रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले विमान दुर्घटनाबाट ४१ जनाको मृत्यु भएको जानकारी दिइन्। तर, स्वास्थ्यमन्त्री भेरोनिका भोर्टसोभाले ३८ जना बाँच्न सफल भएको बताउँदै मृत्यु हुनेको संख्या ४० मात्र रहेको बताएकी छिन्।

उता 'एयरोफ्लोट' कम्पनीले आफ्नाे वेबसाइटमा दुर्घटनामा जीवित रहेका भन्दै ३३ जनाकाे मात्रै नाम प्रकाशित गरेकाे छ। साे क्रममा कम्पनीले आपतकालिन टेलिफाेन नम्बर समेत सार्वजनिक गरेकाे थियाे।
कम्पनीले घाइतेहरुका परिवारजनलाई निशुल्क राजधानी मस्काेसमेत पुर्‍याइने जनाइएकाे छ।

भिडियो फुटेजमा यात्रुहरु आपतकालीन उद्धार ढोकाबाट बाहिर निस्कन तँछाडमछाड गरेको देखिन्थ्यो।

सेरेमेट्येभो विमानस्थलबाट उत्तरी सहर मरमान्स्कका लागि उडेको उक्त विमानमा प्राविधिक समस्या रहेको भन्दै सेरेमेट्येभो फर्किएको थियो। विमानस्थलमा जबर्जस्ती उत्रनासाथ विमानमा आगो लागेको थियो।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु हुनेका परिवारजनमा समवेदना अर्पण गरेका छन्।

रिपोटका अनुसार विमानलाई आकस्मिक अवतरण गर्ने पाइलटहरुकाे पहिलाे प्रयास असफल भएकाे थियाे। ट्रेकिङ वेबसाइट 'फ्लाइटरडार 24' का अनुसार विमान उडकाे करिब आधा घन्टा भित्रै आकस्मिक अवतरणकाे प्रयास गरिएकाे थियाे।

दाेस्राे पटककाे अवतरणका क्रममा भने विमान ग्राउन्डेड नहुँदै विमानमा आगाे लागेकाे भिडियाे फुटेजमा देखिएकाे छ।

मिडिया रिपोर्टका अनुसार घटनाकाे जाँच सुरु गरिएकाे छ।

'सुपरजेट' भनिने रुसी 'एसएसजे-१००' दुई इन्जिनयुक्त विमान हो। यो विमान सन् २०११ देखि प्रयोगमा ल्याइएको थियो।

उत्पादक सुखोई सिभिल एयरक्र्याफ्टले आइतबार दुर्घटनाग्रस्त विमानको गत अप्रिलको सुरुमै मर्मत गरिएको जनाएको छ। एयरोफ्लोटले पाइलटहरुमा करिब १ हजार ४ सय घन्टा विमान उडाएको अनुभव रहेको बताएको छ।

सोभियत सङ्घ युगको विमानसेवा पुरानो भएपछि उड्डयनका क्षेत्रमा समस्या सामना गरेको रुसले 'एसएसजे-१००' सिरिजका नयाँ विमान विकास गरेको थियो। यही सिरिजका विमानहरु रुसबाहेक आर्मेनीया र मेक्सिकोसमेतका अरु देशमा पनि प्रयोग भइरहेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ