'फानी'का कारण भारत र बंलादेशमा गरि ४२ जनाको मृत्यु, २८ लाख अस्थायी शिविरमा

2019-05-06

नयाँदिल्ली - भारत र बंलादेशको तटीय क्षेत्रमा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ। आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीले जानकारी दिएका छन्।

भारतको उडिसाबाट शुक्रबार सुरु भएको यो आँधी प्रतिघण्टा २०० किलोमिटरसम्मको बेगमा चलेको थियो। तर बंगलादेशतर्फ पुग्दा नपुग्दा आँधीको बेग केही मत्थर भएको मौसम विज्ञान अधिकारीले जनाएका छन् ।अधिकारीले हिन्दु धार्मिक स्थल पुरीमा मात्र २१ जनाको ज्यान गएको बताएका छन्। उडिसाका विशेष राहत आयुक्त विष्णुपादा सेठीले सञ्चार सम्पर्क नराम्रोसँग क्षति भएका कारण मृतकको पहिचान गर्न कठिनाइ भइरहेको जानकारी दिए।

आँधीका कारण भारतको उडिसामा १२ लाख र बंलादेशमा १६ लाख व्यक्ति अस्थायी शिविरमा पुगेका छन्। बंलादेशमा कम्तीमा ३६ गाउँमा बाढी आएको र बाढीका परी दुई हजारभन्दा बढी घर ध्वस्त भएको छ।

६ जनाको रुख र पर्खाल ढलेर मृत्यु भएको छ भने अन्य ६ जनाको चट्याङका कारण मृत्यु भएको बंगलादेशी विपद् व्यवस्थापन अधिकारी बेनजिर अहमदले बताए। बंगलादेशी अधिकारीले फणीका कारण घरमा क्षति पुगेको, रुख ढलेका, विद्युत् सेवा अवरुद्ध भएको र रेल, सडक तथा हवाइ सेवामा असर परेको बताएका छन्।

टेलिभिजनले तटीय क्षेत्रमा आएको बाढीका कारण जलमग्न भएको दृश्य देखाएका छन्। बंगलादेशी अधिकारीले दशौं हजार मानिसलाई सुरक्षितस्थलमा पुर्‍याएका छन्। सन् २००९ मा आइला नाम गरेको आँधीले दक्षिणपश्चिम बंगलादेशमा ताण्डब मच्चाउँदा झण्डै १७९ जनाको ज्यान गएको थियो भने तीस लाखभन्दा बढी मानिस प्रभावित भएका थिए।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ