रसुवागढी र साञ्जेनमा सबैलाई सबैलाई ४० र १० कित्ता शेयर

2019-05-03

काठमाडौं - जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत १ सय ११ मेगावाट उत्पादन क्षमताको रसुवागढी र ४२ दशमलव ५ मेगावाट उत्पादन क्षमताको सान्जेन जलविद्युत आयोजनाले सर्वसाधारणमा जारी गरेको साधारण सेयर (आइपिओ) बाँडफाँड गरेको छ।

रसुवागढी जलविद्युत आयोजनामा १० देखि ४० कित्तासम्म आवेदन दिएका लगानीकर्ताले मागबमोजिमको शेयर पाएका छन्। ४० कित्ताभन्दा बढी शेयरका आवेदन लगानीकर्ताका लागि भने गोलाप्रथाका आधारमा २५ हजार ६ सय ९३ जना आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँट गरिएको छ।

त्यसैगरी साञ्जेन जलजिद्युत आयोजनामा आवेदन दिएका सबै लगानीकर्ताले न्युनतम १० कित्ता सेयर पाएका छन्। १० देखि २ हजार कित्तासम्म सेयर खरीदका लागि आवेदन दिएका आवेदक सबैलाई १० कित्ता परेको हो। बाँकी रहेको सेयर २० कित्ताभन्दा बढीको आवेदक दिएका व्यक्तिहरुले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन्।

यी दुई आयोजनाहरुमा साधारण सेयरको खरिदका लागि गत ६ गतेदेखि १० गतेसम्म समयसीमा तोकिएको थियो। पछि त्यसलाई २ दिन बढाएर १२ गतेसम्म पुर्याइएको थियो। रसुवागडी जलविद्युत आयोजनाको साधारण सेयर खरिदका लागि २ लाख ९१ हजार २ सय ७२ र सान्जेनको सेयर खरिदका लागि २ लाख ८८ हजार ७ सय ९७ वटा वटा योग्य आवेदन परेको थियो।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ