आइपिएलबाट बाहिरियो बैंग्लोर, ५ ओभरमा छाेट्याइएकाे खेलमा गोपालको ह्याट्रिक

2019-05-01

काठमाडौं - आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोर समूह चरणबाट बाहिरिएको छ। वर्षाले प्रभावित खेलमा बैंग्लोर र राजस्थान रोयल्सबीचको खेलमा नतिजा नआएपछि दुवै टिमले १-१ अंक बाडे।

अंक बाडेसँगै अघिल्लो चरण पुग्न जित हात पार्नुपर्ने बाध्यतामा रहेको बैंग्लोर बाहिरिएकाे हाे।

लगातार वर्षा भएपछि खेल ५ ओभरमा घटाइएको थियो। पहिले ब्याटिङ गरेको बैंग्लोरले ७ विकेटको क्षतिमा ६२ रन जोड्यो।

उसका लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी २५ रन जोडे। कोहलीलाई राजस्थानका श्रेयस गोपालले दोस्रो ओभरको चौथो बलमा आउट गरेका थिए। लगत्तै अर्को बलमा गोपालले एबी डिभिलियर्सलाई १० रनमा आउट गरे। छैटौं खेलमा मार्कोस स्टोइनिसलाई शून्य रनमा आउट गरेपछि गोपालले ह्याट्रिक गर्न सफल भएका थिए।

६३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको राजस्थानले ३.२ ओभरमा ४१ रन जोडेर खेलिरहँदा खेल फेरि वर्षाले अबरुद्ध भयो। त्यसपछि खेल हुन सकेन।

अंक तालिकामा राजस्थान १३ खेलबाट ११ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ। पुछारको बैंग्लोरले अन्तिम खेलअघि ९ अंक जोडेको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ