नेकपा भ्रातृ संगठन भागबन्डामा सकस, ५ वटामा मिल्दा कुन-कुनमा सकस ?

2019-04-30

काठमाडौँ - नेकपाले जिल्ला तहको एकता सके पनि भ्रातृ संगठन एकीकरण अल्झेको छ । अहिलेसम्म २१ वटा जनवर्गीय संगठनमध्ये पाँचवटामा मात्रै भागबन्डा मिलिसकेको छ । नेताहरूले १६ वटा बाँकी संगठनमा पनि छिट्टै सहमति हुने दाबी गरेका छन् ।

जिल्ला नेतृत्व टुंग्याएकै शैलीमा जनवर्गीय र पेसागत संगठनको भागबन्डा पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने एक केन्द्रीय नेताले बताए । दुई नेताबीच सहमति भएपछि सबै जनवर्गीय संगठनको नेतृत्व र नाम सचिवालयले नै घोषणा गर्ने भएको हो ।

वरिष्ठ नेता माधव नेपाललाई पनि सहमतिमा ल्याउन दुई नेताले गृहकार्य गर्दै गरेको नेकपा स्रोतले बतायो । वरिष्ठ नेता नेपाल भने चीन भ्रमणबाट आइतबार फर्केर सोमबार फेरि अमेरिका प्रस्थान गरेका छन् ।

कुन–कुन संगठनमा सकस ?
विद्यार्थी, युवा, मजदुर र महिला संगठनमा सबैभन्दा बढी खिचातानी देखिएको छ । राजनीतिक रूपमा सबैभन्दा प्रभावशाली संगठन भएकाले पूर्वमाओवादी र पूर्वएमाले दुवै पक्षले यी संगठनमा दाबी गर्दै आएका छन् । विद्यार्थी र युवा संगठनमा एक–एकवटाको नेतृत्व लिने गरी दुई पक्षबीच सहमति भएको पूर्वमाओवादी समूहतिरको विद्यार्थी अध्यक्ष रञ्जित तामाङले बताए । त्यसैगरी, मजदुर र महिलामध्ये एउटा–एउटा संगठन बाँड्ने तयारी नेकपाले गरेको छ । युवा संगठनको नाम के राख्ने र नेतृत्व कसले लिने भन्नेमा विवाद छ ।

अरू १२ जनवर्गीय संगठनमा भने पार्टीको प्रभावका आधार भागबन्डा गर्ने नेकपा स्रोतले जनायो । किसान संगठन, जनसांस्कृतिक संघ, आदिवासी जनजाति संगठन, मधेसी संगठन, मुस्लिम संगठन, दलित संगठन, भूतपूर्व सैनिक संगठन, पत्रकार, अपांग संगठन, खेलकुद संगठन, सुकुम्बासी संगठन, उद्योग व्यवसायी संगठनमा पनि नेतृत्व टुंगिन बाँकी छ ।

बुद्धिजीवी र कर्मचारीमा पूर्वएमालेभित्रै विवाद
बुद्धिजीवी र कर्मचारी संगठन पूर्वएमाले समूहले लिने सहमति भएको छ । तर, तत्कालीन एमाले नेताहरूबीचमै कसले नेतृत्व लिने भन्ने हानथाप रहेको स्रोतले बतायो । नेपाल बुद्धिजीवी संघको संयोजकमा तत्कालीन एमालेभित्रै प्राडा.गणेशमान गुरुङ र डा. दिनेशचन्द देवकाटाबीच विवाद छ । यस्तै, राष्ट्रिय पेसागत महासंघ नेतृत्वबारे पनि पूर्वएमालेभित्रै विवाद छ ।

यी संगठनले आफैँ गरे एकता
अरू संगठनले एकताका लागि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको निर्देशन पर्खिरहेका भए पनि इन्जिनियर, मानवअधिकार र कानुन क्षेत्रका संगठन भने आफैँ सर्वसम्मत नेतृत्व चयन गरेका छन् । इन्जिनियरको जनवर्गीय संगठन संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली चयन भएका छन् । श्रेष्ठ पूर्वएमाले र पराजुली पूर्वमाओवादीनिकट हुन् ।

त्यस्तै, मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल सर्वसम्मत भएका छन् । शाही तत्कालीन एमालेनिकट हुन् भने पोखरेल माओवादीनिकट । यस्तै, नेपाल कानुन व्यवसायी संगठन संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणि पोखरेलको नाम सिफारिस भएको छ । नेपाल तत्कालीन एमालेनिकट र पोखरेल माओवादीनिकट हुन् ।

 

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ