आरसीबीलाई हराउँदै दिल्ली क्यापिटल आईपीएलको शीर्ष स्थानमा

2019-04-29

काठमाडौं - इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा दिल्ली क्यापिटल विजयी भएको छ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)माथि दिल्लीले १६ रनकाे जित निकाल्दै दिल्ली आईपीएलको शीर्ष स्थानमा पुगेको छ ।

दिल्लीको जितका लागि अमित मिश्रा र कासिगो रबड्डाले उत्कृष्ट बलिङ गरे । मिश्रा र रबड्डाले दुईदुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीका लागि शिखर धवन र श्रेयश अयरले अर्धशतक बनाए। अयरले ३७ बलमा ५२ रन बनाए भने धवनले समान ३७ बलमै ५० रन बनाए । अन्य ब्याट्सम्यानले मध्यम स्तरको ब्याटिङ गरे। दिल्लीले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८७ रन बनाएको थियो । दिल्लीले अन्तिम दुई ओभरमा ३६ रन जोडेको थियो ।

१८८ रनको लक्ष्य पछ्याएको आरसीबी पूरै २० ओभर खेल्दा ७ विकेटको क्षतिमा १७१ मा समेटियाे । यो जितसँगै दिल्ली १२ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा पुगेको छ ।

दिल्लीको यो जितले शीर्षस्थानमा रहेको चेन्नई सुपर किङ्स १२ खेलबाट १६ अंकसहित दोस्रो स्थानमा झरेको छ । मुम्बई इन्डियन्स ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा झरेको छ।

अंक तालिकाको चौथो स्थानमा सनराइजर्स हैदरावाद छ। उसले ११ खेलबाट १० अंक बनाएको छ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ