प्रदेश कमिटिमा पदाधिकारीको संख्या थप्दै नेकपा

2019-04-28

काठमाडौं - नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ। प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चारजनाका दरले २८ जना पदाधिकारी छन्। केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ। स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदैछन्।

सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ। प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदैछन्। प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादुर राना, कर्णालीमा यमलाल कँडेल र सूदुरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन्।

‘प्रदेश पदाधिकारीको संख्या बढाउन प्रत्येक प्रदेशमा सहइन्चार्ज थप्ने तयारी भइरहेको मैले पनि सुनेको छु तर हामीसँग छलफल भएको छैन,’ प्रदेश २ का सहइन्चार्ज विश्वनाथ शाहले अन्नपूर्णसँग भने, ‘एउटै पदमा धेरै मान्छे राखेर कार्य विभाजन गर्नुको अर्थ छैन।’

प्रदेशका पदाधिकारीमध्ये केही सचिवबाहेक सबै पदाधिकारी पोलिटब्युरोमा पर्नेछन्। सातै प्रदेशका पदाधिकारी र सहइन्चार्जमा थपिने नेतासमेत पोलिटब्युरोमा समेटिनेछन्। विधानतः प्रदेशमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य स्वतः प्रदेश सदस्य हुने भएकाले उनीहरूलाई समेत परिचालन गर्न प्रदेश पदाधिकारीलाई पोलिटब्युरो बनाउने तयारी नेकपाले गरेको छ।

प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलाई भने स्वतः पोलिटब्युरोमा पार्ने सैद्धान्तिक सहमति शीर्ष नेताबीच भइसकेको छ। तर, प्रदेशमा रहेका सबै सचिवलाई पोलिटब्युरो बनाउने–नबनाउने भन्ने टुंगो लागेको छैन। यद्यपि उनीहरुलाई पनि पोलिटब्युरो बनाउनुपर्ने आवाज उठेको छ।

प्रदेश २ का सचिव समुन प्याकुरेल, ३ का आनन्द पोखरेल, गण्डकीका गोविन्द नेपाली र सुदूरपश्चिमका नेपबहादुर चौधरी (सिंहराज) लाई पोलिटब्युरो बनाउने–नबनाउने छलफल जारी छ। प्रदेश १ का सचिव सुरेशकुमार राई, ५ का जगप्रसाद शर्मा र कणालीका मायाप्रसाद शर्मा भने वरिष्ठताका आधारमा पोलिटब्युरोमा पर्ने सम्भावना बलियो रहेको स्रोतले बतायो।

प्रदेश १ का इन्चार्ज भीम आचार्य, २ का सत्यनारायण मण्डल, ३ की अष्टलक्ष्मी शाक्य, गण्डकीका पृथ्वीसुब्बा गुरुङ, ५ का शंकर पोखरेल, कर्णालीका जनार्दन शर्मा र सुदूरपश्चिमका इन्चार्ज भीम रावल स्थायी समितिमै रहेकाले स्वतः पोलिटब्युरोमा पर्नेछन्।

अब बस्ने सचिवालय बैठकले पोलिटब्युरो गठनसँगसँगै केन्द्रीय सदस्यहरुको कार्य विभाजन गर्दैछ। वरिष्ठ नेता माधव नेपाल आइतबार चीन भ्रमणबाट फर्किएपछि अएपछि सचिवालय बैठक मिति टुंगो लाग्नेछ। ‘सचिवालयको कार्यतालिका तय भइसकेको छैन,’ महासचिव विष्णु पौडेलले अन्नपूर्णसँग भने, ‘सायद सोमबारसम्म सचिवालय बस्छ।’

पूर्ववत् पार्टीबाट रोस्टर तयार

नेकपाले कुल केन्द्रीय समिति ४४१ बाट एक तिहाइ अर्थात् १४७ सदस्यीय पोलिटब्युरो बनाउँदै छ। यसमा तत्कालीन एमालेबाट ८१ र माओवादीबाट ६६ जना रहने भागबन्डा भइसकेको छ। दुवै घटकले आआफ्नो समूहबाट पोलिटब्युरोमा समेटिने नेताहरुको अन्तिम नामावली तयार पारिसकेका छन्। यद्यपि केही नाममा मात्र छलफल बाँकी रहेको स्रोतले बतायो।

एमालेबाट पहिले नै पोलिटब्युरोमा रहेका ६१ जना स्वतः पोलिटब्युरोमा पर्नेछन्। बाँकी २० जनाको नाम अध्यक्ष ओली, महासचिव पौडेललगायत नेताहरुले छलफलका आधारमा तय गरेका छन्। तत्कालीन माओवादीबाट स्थायी समितिमा रहेका १९ नेताबाहेक अन्य ४७ नेताको सूची अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन पार्टीभित्रका वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासँगको परामर्शमा तयार पारेका छन्।


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ