श्रीलंकामा संकटकालको घोषणा, मृतककाे सम्झनामा आज राष्ट्रिय शोक

2019-04-23

काेलम्बाे - श्रीलंकामा साेमबार मध्यरातदेखि देशभर संकटकाल लगाइएकाे छ। आइतबार भएकाे शृंखलाबद्ध बम विस्फाेटपछि सरकारले संकटकारल लगाउने घाेषणा गरेकाे हाे।

यसअघि आइतबार विभिन्न ८ स्थानमा भएका विस्फोटका घटनामा २ सय ९० जनाको मृत्यु र ५ सय भन्दा बढी घाइते भएपछि श्रीलंकाली सरकारले देशभर १२ घण्टे निषेधाज्ञा जारी गरेकाे थियाे।

गलत सूचना प्रवाह हुनबाट रोक्ने भन्दै फेसबुक, ह्वाट्सएप लगायतका समाजिक सञ्जाल समेत सरकारले बन्द गरेको छ।

विभिन्न गिर्जाघर र हाेटलमा गराइएकाे विस्फाेटमा ज्यान गुमाउनेकाे सम्झनामा आज राष्ट्रिय शोककाे समेत घोषणा गरिएकाे छ। आक्रमणकाे अनुसन्धानका लागि ३ सदस्यीय समिति बनाइएकाे छ। उक्त समितिलाई राष्ट्रपतिसमक्ष जाँचबुझ रिपाेर्ट बुझाउन २ साताकाे समय दिइएकाे छ।

श्रीलंकाले आइतबार भएका शृङ्खलाबद्ध विस्फोट अन्तर्राष्ट्रिय सञ्जालको सहयोगमा भएको दाबी गरेको छ। सरकारका प्रवक्ता रजित सेनारत्नेले विदेशीको सहयोग बिना हमला नभएको दाबी गरेका हुन्।

‘हामीलाई लाग्दैन कि यो देशमा सीमित एउटा समूहका मानिसहरूले मात्रै हमला गराएका हुन्,’ उनको भनाइ छ, ‘एउटा अन्तर्राष्ट्रिय समूह छ जसको सहयोग विना ती हमलाहरू गराउन सम्भव थिएन।’
श्रीलंकामा ज्यान गुमाउनेहरुकाे सम्झनामा पाकिस्तानका मुस्लिम तथा इसाइ समुदाय एकै स्थानमा दीप प्रज्ज्वलन गर्दै।

यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको बताएको थियो।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले हमलाकारीहरूको अन्तर्राष्ट्रिय सम्बन्धबारे पत्ता लगाउने कार्यमा सघाउन विदेशी सहयोगका लागि अपील गर्ने बताइएकाे छ।

राजधानी कोलम्बो, नेगोम्बो र पूर्वी तटीय क्षेत्र बाट्टिकोलामा विस्फाेट गराइएकाे हाे।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ