क्रिकेटका बादशाह 'गेल' लाई आउट गराउंदाको त्यो ऐतिहासिक क्षण !

2019-04-21

काठमाडौं - इन्डियन प्रिमियर लिग(आईपीएल)मा शनिबार राति भएको पञ्जाबविरुद्धको खेल नेपालका लेग स्पीनर सन्दीप लामिछानेका लागि निकै रोचक रह्यो। क्रिजमा क्रिकेट दुनियाँकै आइकन क्रिस गेल र बलिङमा नेपालका १८ वर्षीय क्रिकेटर सन्दीप लामिछाने उभिएको देख्दा विषेश गरी नेपाली क्रिकेटप्रेमीका लागि यो निकै रोमाञ्चक क्षण बन्यो। युनिभर्सल बोसको उपमा पाएका क्रिस गेलसँगको सन्दीपको भेट तनाबपूर्ण र ऐतिहासिक रह्यो।

यस सिजनको सुरुका २ खेलपछि लगातारमा ४ खेलमा खेल्ने मौका पाएका सन्दीपले सबै खेलमा विकेट लिए पनि महंगो बलिङ गरे। त्यसपछिका ३ खेलमा सन्दीप टोलीमा परेनन्। स्पीनरमैत्री मानिएको कोट्ला मैदानमा मुम्बईविरुद्धको खेलमा दुई जना मात्रै स्पीनर उतारेकोमा दिल्लीका कोच तथा कप्तानको आलोचना भयो।

शनिबार पञ्जाबविरुद्धको खेलमा भने सन्दीपले मौका मात्रै पाएनन् महत्वपूर्ण तीन विकेट लिइ आफूलाई सावित गरेर देखाए। कप्तानले उनीमाथि निकै भरोसा गरी दोस्रो ओभरमा नै बल थमाइ दिए। पञ्जाबका ओपनरद्वय लोकेश राहुल र क्रिस गेल निकै आक्रकम ब्याटिङ गर्छन। पहिलो ओभरमा इशान्त शर्माले ३ रन मात्रै दिएका थिए। दोस्रो ओभरमा आएका सन्दीपमाथि राहुलले आक्रमण सुरु गरे। पहिलो बलमा सन्दीपमाथि छक्का हानेका राहुलले तेस्रो बलमा चौका हाने र चौथो बलमा उनी स्टम्पिङ आउट भए। यस ओभरमा गेलले बल फेस गर्ने मौका नै पाएनन्।

त्यसपछि चौथो ओभरमा सन्दीप बलिङमा आउँदा स्ट्राइकमा थिए गेल। जुनसुकै बेला, जस्तासुकै बलरलाई पनि डोमिनेट गर्नसक्ने गेलविरुद्ध बलिङ गर्नु बलरका लागि हैरानी हो। त्यसमाथि यस सिजनको आइपीएलमा गेल निरन्तर चम्किरहेका छन्। आईपीएलमा पहिलो पटक उनको समाना गर्दै थिए सन्दीप। यसअघि अप्रिल १ मा मोहली मैदानमा खेलिएको पञ्जाबविरुद्धको खेलमा सन्दीपले २ विकेट लिएका थिए। तर यस खेलमा गेल खेलेका थिएनन्। गतसाल सन्दीपले पञ्जाबविरुद्ध खेल्ने मौकै पाएनन्।

गेलले यस ओभरमा सन्दीपलाई डोमिनेट गर्दै ४ चौका हाने। सन्दीप निराश देखिन्थे। दुई ओभरमा २७ रन दिएका सन्दीपलाई कप्तान अयरले १३औं ओभरमा बल थमाइदिए। अगाडि ब्याटिङमा खडा भएका थिए उनै क्रिस गेल पहिलो बलमा नै छक्का प्रहारी गरी सन्दीपमाथि हाबी हुने संकेत देखाएका थिए। दोस्रो बलमा पनि गेलले कडा प्रहार गरे बाउन्ड्रीनजिकै कोलिन इन्ग्राम र अक्सर पटेलले खतरनाक क्याच गरी गेललाई पेभिलियन फर्काए। गेलले सन्दीपको ८ बल फेस गर्दा २२ रन प्रहार गरे र सन्दीपकै बलमा आउट भए। सन्दीपले गेलको विकेट लिएपछि ठूलो स्कोरतर्फ लम्किरहेको पञ्चाबको ब्याटिङमा ब्रेक लाग्यो।

सन्दीप लामिछाने जन्मिनुभन्दा १ वर्ष अगाडी सन १९९९ मा भारतविरुद्धको एकदिवसीयमार्फत गेल अन्तराष्ट्रिय क्रिकेटमा प्रवेश गरेका थिए भने सन्दीप जन्मेकै वर्ष सन २००० मा अन्तराष्ट्रिय टेस्टमा डेब्यू गरेका थिए। गेल २००८ को पहिलो आईपीएलदेखि नै निरन्तर खेल्दै आएका छन्। ३९ वर्षको उमेरमा पनि गेल उत्तिकै फुर्तिकासाथ खेलिरहेका छन्। आईपीएलमा सबैभन्दा धेरै शतक बनाउने, सबैभन्दा धेरै छक्का हान्ने, एकै इनिङमा धेरै रन बनाउने लगायत धेरै रेकर्ड गेलकै नाममा छ। अन्तराष्ट्रिय क्रिकेटमा पनि धेरै गेलको नाममा धेरै कीर्तिमान छन्।

आईपीएलमा गेलसँगको पहिलो भेटमा नै गेलकै विकेट लिनु सन्दीप लामिछानेका लागि एक ऐतिहासिक क्षण बन्यो। सन्दीप यस खेलमा ‘स्टालिस अफ दी प्लेयर’ बन्न सफल भए। गत वर्ष उनले गेलकै कप्तानीमा रहेको सान्ट किट्स एण्ड नेभिज प्याट्रियट बाट क्यारबियन प्रिमियर लिग(सीपीएल)खेल्ने मौका पाएका थिए। यस लिगबाट सन्दीपले ‘ब्रेक थ्रु स्टार’ अवार्ड समेत जिते।

 

 

अन्नपूर्णमा केदार गौतमले लेखेका छन् ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ