अमेरिकी सरकारको कठोर निर्णय : 'एसाइलम' दावी गर्ने आप्रवासी अब जेलमै बस्नुपर्ने !

2019-04-19

अमेरिका - अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो। यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबार देखि हटाइएको हो।

बिना कागजात प्रवेश गरेका त्यस्ता आवेदकलाई अमेरिकी सरकारले एसाइलमको अन्तिम निर्णय नहुँदा सम्मकालागि बोण्ड अर्थात धरौटीमा रिहागर्दै बाहिर काम गर्ने अवसर दिन्थ्यो। बुधवार जारी भएको महान्यायधिवक्ताको निर्णय संगै अब एसाइलम आवेदकहरू, निवेदन स्विकृत नुहँदासम्म अध्यागमनको जेलमा नै बस्नुपर्ने हुन्छ।

अध्यागमन हिरासतमा आप्रवासीलाई राख्ने क्षमता बढाउनुपर्ने भएकाले महान्यायधिवक्ताको निर्णय, ९० दिनमा कार्यन्वयनमा आउनेछ। महान्यायधिवक्ताको निर्णय संगै बिगत १४ बर्षदेखी धरौटीमा रिहागर्ने अभ्यासको समेत अन्त्य भएको छ। यो निर्णयले अमेरिका विनाकागजात प्रवेश गर्ने संख्या घट्ने विश्वास समेत लिइएको छ। जेलमा बस्नेले कुनै काम गर्न नपाउने र असाइलम स्विकृत नभए डिपोर्ट हुने हुनाले त्यो रिक्समा कोही नपर्र्न समेत अमेरिकामा रहेका नेपालीहरूको आग्रह छ।

यो निर्णय १८बर्ष भन्दाकम उमेरका बालबालिका र बालबालिका सहित रहेका अभिभावकका लागिभने लागु हुनेछैन्। अमेरिकी संघिय अदालतको फैसलाले बालबालिकालाई २० दिनभन्दा धेरै हिरासतमा राख्न रोक लगाएको छ। अमेरिकामा सन् २००५ देखी मेक्सिको सिमाक्षेत्रबाट प्रवेश गरेर एसाइलम दावीगर्नेहरूलाई धरौटीमा रिहागर्न शुरु गरिएको थियो। उनीहरू विभिन्न अफ्रिकी मुलुक हुँदै दक्षिण अमेरिकी मुलुकको जंगलमा महिनौहिडेर मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका प्रवेश गर्दै आएका थिए।

कानुन व्यवसायी बासु फुलाराका अनुसार यो निर्णय लागु भएपछी सिमाक्षेत्रबाट प्रवेश गरि असाइलम दावीगर्नेहरूले, निर्णय आफ्नो पक्षमा नआएमा देश निकालाको सामना गर्नुपर्नेछ। ‘अब सिमाक्षेत्रबाट प्रवेश गरि एसाइलम दावीगर्नेहरूले न्यायधिस समक्ष धरौटीमा रिहा ह्ुनका लागि निवेदन समेत दिन पाउने छैनन्,’ उनले सुनाए। अमेरिकामा अध्यागमन सम्वन्धी चासो राख्ने पत्रकार किशोर पन्थी भन्छन्, ‘असाइलम बिरुद्धमा यो निर्णय, ट्रम्प प्रशासनको अहिले सम्मकै कठोर निर्णय हो।’ यो मुद्धा सर्वोच्च अदालतसम्म जान सक्ने भएपनि निर्णय पक्षमा आउने सम्भावना कम देखिने उनले बताए। सर्वोच्चले समेत ट्रम्पप्रशासनको पक्षमा निर्णय दिने गरेको पछिल्ला केही निर्णयले पुष्टि गर्दछ।

अमेरिकी कानुन अनुसार आप्रवास न्याधिशले गर्ने निर्णयहरू समेत महान्याधिवक्ताले उल्याउने गरेको पाइन्छ। तर संघिय अदालतले गरेका निर्णयलाई भने महान्याधिवक्ताले उल्ट्याउन सक्दैन्। दलाललाई लाखौं रुपैंया बुझाएर मेक्सिको सिमाक्षेत्रबाट अमेरिकाप्रवेश गर्ने नेपालीहरू समेत अबयो निर्णयबाट प्रभावित हुनेछन्। यदीजेलभित्रै एसाइलमको फैसला बिपक्षमा आएमा देश निकाला हुनुको दो श्रो बिकल्प रहने छैन्। युएस इमिग्रशन एण्ड कस्टम इन्फोर्समेन्टले दिएको जानकारी अनुसार अमेरिकाका बिभिन्न शहरमा बनाइएका ७१ अध्यागमन जेलहरूमा तिन सय भन्दा बढी नेपालीहरू रहेका छन ्। कस्टम इन्फोर्समेन्टका अनुसार सबै भन्दा धेरै नेपालीहरू जर्जिया, एरिजोना र अलाबामा राज्यको अध्यागमन जेलमाछन्।

अध्यागमन जेलमा परेका नेपालीहरूले कम्तीमा पाँचहजार अमेरिकी डलर देखी ३० हजार अमेरिकी डलर सम्म बोण्ड अर्थात धरौटी रकम बुझाउने गरेको कानुन ब्यवसायीहरूको भनाई छ। हरेक बर्ष नेपालबाट मेक्सिको सिमा क्षेत्रबाट अमेरिकाप्रवेश गर्ने नेपालीहरूले दलाललाईपचास लाख रुपैंया सम्म बुझाएर जाने गरेको बताइन्छ। यसरी आएकाको भविष्य स्पष्ट नभएकाले त्यस्तो विषयमा ध्यान दिन आवश्यक रहेको र सरकारले पनि नेपालमा त्यस्तो जागरण अभियान थाल्न पर्ने नेपालीहरूको धारणा छ। कैयन नेपालीहरू कमाएको रकम कानुन ब्यवसायलाई बुझाउने र नेपाल आउँदाको ऋणले घरखेत भएको अवस्था समेत रहेको बताउने गरेका छन। नेपालबाट आउने मन्त्री तथा राजनीतिक कर्मीैहरूसँग त्यसरी आएका नेपालीले भेट्ने र गुनासो राख्ने गरेपनि त्यो पठाउने समुहलाई सरकारले पक्राउ गर्न सकेको छैन। त्यो कार्य निरन्तर जारी छ।

 


अन्नपुर्ण




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ