यु–१९ विश्वकप छनोट : नेपालसंग ओमान १ सय ५० रनले पराजित !

2019-04-16

काठमाडौं - आइसिसी यु–१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत मंगलबार भएको आफ्नो चौथो खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको छ । २ सय ३० रनको लक्ष्य पछ्याएको ओमान ४४.१ ओभरमा ७९ रनमा अलआउट भएपछि नेपालले सानदार जित हात पारेको हो।

ओमानका लागि अमनप्रित सिरहाले १३ रन र जिल तन्नाले नटआउट १३ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्। बलिङमा नेपालका पवन सर्राफले ३ विकेट लिए। प्रतिश जिसी र सूर्य तामाङले २-२ विकेट लिए। कुशल मल्ल, भीम सार्की र कमलसिंह ऐरीको नाममा १-१ विकेट लिए।

मलेसियमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४३.२ ओभरमा २ सय २९ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७५ रनको योगदान दिए। उनले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। भीम सार्कीले ४३ बलमा ३९ रन बनाए। आक्रमक ब्याटिङ गरेका प्रतिश जिसीले २३ बलमा ४१ रन जोडेका थिए। उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए। त्यसअघि खराब सुरुवात गरेको नेपालका सुरुवाती ब्याट्सम्यानले राम्रो ब्याटिङ् गर्न सकेनन्।

बलिङमा ओमानका मुजाहिर राजा, एरआर रवीन्द्र, अजाम अली र जिल तन्नाले २-२ विकेट लिए।

यसअघि नेपालले पहिलो खेलमा सिंगापुरलाई २ सय १७ को फराकिलो अन्तरले पराजित गरेको थियो। वर्षाले प्रभावित दोस्रो खेलमा भने नेपालले दुर्भाग्यपूर्ण हार बेहोरेको थियो। दोस्रो खेलमा नेपाल युएईसँग डिएल मेथड १ रनले पराजित भएको थियो। तेस्रो खेलमा सानदार जित निकाल्ने क्रममा नेपालले आयोजक मलेसियालाई ८ विकेटले हराएको थियो।

अब नेपालले आफ्नो अन्तिम खेलमा बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। सोहि दिन शीर्ष स्थानको युएईले ओमानसँग खेल्नेछ। ओमानले जित निकाले मात्र नेपालको विश्वकप छनोट हुने सम्भावना हुनेछ।

प्रतियोगितामा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। ६ टिममध्ये १ टिमले मात्र विश्वकपमा स्थान बनाउनेछ। छनोटमा नेपालसहित आयोजक मलेसिया, कुवेत, ओमान, सिंगापुर र युएई छन्।

नेपालले पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको युवा विश्वकप खेलेको थियो। गत वर्ष न्युजिल्यान्डमा भएको विश्वकपमा भने नेपाल छनोट हुन असफल भएको थियो।

आगामी फेब्रुअरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। आयरल्यान्ड बाहेकका ११ पूर्ण सदस्य छनोट भइसकेका छन्। अफ्रिकाबाट नाइजेरियाले छनोट पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेको छ। अब एसिया, अमेरिका, इपिए र युरोप छनोटबाट १–१ टिम छनोट हुनेछन्।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ