पाकिस्तानको अर्को मानवीयता : ३ सय ६० भारतीय कैदीबन्दी रिहा !

2019-04-06

एजेन्सी - पाकिस्तानले भारतसँगको सम्बन्ध सुधारका लागि पाकिस्तानी जेलमा रहेका ३ सय ६० भारतीय कैदीबन्दीलाई मुक्त गर्ने भएको छ । पाकिस्तानले मानवीयताका आधारमा यो फैसला लिएको जनाएको छ ।

गएको फेब्रुअरी १४ मा भारत प्रशासित क्षेत्र कश्मीरमा आतंकवादी संगठन जैश–ए–मोहम्मदले भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) लाई लक्षित गरेर आत्मघाती बम विस्फोट गराएपछि दुई देशबीचकाे सम्बन्ध चिसिएको थियो । त्यस विस्फोटमा परि ४० सुरक्षाकर्मीकाे ज्यान गएको थियो ।

भारतले पनि जवाफी कारबाहीस्वरुप १३ दिनपछि आतंकवादी संगठनको आधारमा हवाई आक्रमण गरेको बताएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानले एक भारतीय लडाकू विमान खसालेको थियो र पाइलटलाई नियन्त्रणमा लिएको थियो । पछि उनलाई पाकिस्तानले रिहा गरेकाे थियो ।

‘पाकिस्तानले सजाय पूरा गरेका ३ सय ५५ माझी र ५ नागरिक गरी ३ सय ६० भारतीय कैदीबन्दीलाई रिहा गर्ने फैसला गरेको छ’, पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मोहम्मद फैसलले संवाददातलाई बताए । उनले कैदीबन्दीलाई चार समूह गरेर रिहा गर्ने बताए, जुन प्रक्रिया अप्रिल ८ बाट सुरु हुनेछ ।

यी दुई पक्षबीच खराब सम्बन्धका कारण जेलमा सजाय पूरा गरेका धेरै कैदीबन्दी पनि जेलमा नै रहेका थिए । जनवरीमा यी दुई पक्षलाई दिएको सूची नुसार, भारतीय जेलमा ३ सय ४७ पाकिस्तानी कैदी रहेका छन्, जसमा प्रवक्ताले २४९ साधारण नागरिक र ९८ माझीको रुपमा रहेकाे उल्लेख गरेका छन् ।

पाकिस्तानी जेलमा ५ सय ३७ भारतीय कैदी रहेका छन्, जसमा ४ सय ८३ माझी रहेका छन् । पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले भने, ‘हामीलाई आशा छ कि भारतले यसलाई फेरि लागू गर्नेछ ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ