आइपीएलमा सन्दिप आबद्ध दिल्ली क्यापिटल्सकाे दोश्रो हार

2019-04-05

एजेन्सी - नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा अर्को हार खेपेको छ । बिहीबार राति भएको खेलमा दिल्ली सनराइजर्स हैदरावादसँग पाँच विकेटले पराजित भएकाे हाे ।

फिरोज कोट्ला स्टेडियममा दिल्लीले दिएको एक सय ३० रनको लक्ष्य पाएको हैदरावादले १८.३ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । हैदरावादको जितमा जोनी बेर्सस्टोले ४८ रन बनाए । मोहमद नाबीले अविजित १७ र विजय शंकरले १६ तथा डेभिड वार्नर, दिपक होडा र मनिस पाण्डेले समान १०–१० रन बनाए ।

बलिङमा दिल्लीका सन्दीप लामिछाने, कागीसो राबडा, अक्षर पटेल, राहुल टेवाटिया र इशान्त शर्माले एक-एक विकेट लिए । नेपालका सन्दीपले चार ओभर बलिङ गर्दै ३२ रन खर्चिएर एक विकेट लिएका हुन् । याेसँगै सन्दीपले यस सिजन तीन खेलबाट चार विकेट लिएका छन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २९ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस एयरले ४३ रन बनाए । अक्षर पटेलले अविजित २३, क्रिस मोरिसले १७, शिखर धवन १२ र पृथ्वी शले ११ रन बनाए । बलिङमा हैदरावादका भुवनेश्वर कुमार, मोहमद नाबी सिद्धार्थ कउलले दुई-दुई विकेट लिए । यस जितसँगै हैदरावादले चार खेलबाट ६ अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलबाट चार अंक बनाएको दिल्ली पाँचौ स्थानमा छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ