दाङको जखेरा तालको क्षेत्रफल बढ्दै

डुंगामा सरर् साँसद

2019-04-01

दिवाकर पोख्रेल
देउखुरी, चैत । दाङको प्रशिद्ध पर्यटकिय क्षेत्र जखेरा तालको क्षेत्रफल बढाउने गरी काम भइरहेको छ । हाल रहेको जखेरामा पानीलले आगटेको कुल क्षेत्रफल साढे पाँच हेक्टर क्षेत्रफललाई बढाएर १० कठ्ठा थप गरिएको छ । राष्ट्रपति चुरे तराइ मधेश संरक्षण विकास समिति रु १५ लाख ,प्रदेश पाँचको उद्योग पर्यटन तथा वन बाताबरण मन्त्रालयको ४ लाखको लागतमा जखेरामा मर्मत सम्भार तथा तालको आकार बढाउने काम भइरहेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण विकास समितका कार्यवाहक अध्यक्ष रविध्वज थापाले जानकारी दिनुभयो ।


तालमा रहेको मन्दिरको चौतर्फीवाल निर्माण,सिंढी निर्माण, ताल विस्तार लगायतको लागि उक्त रकम खर्च गरिदैछ । लमही नगरपालिकाले जखेराको समग्र विकासको लागि डिपीआर तयार पारिसकेकोले जखेराको समग्र विकास हुने गरी आगामी दिनहरुमा काम अघि बढ्ने संस्थाका महासचिव लोकमणि बन्जाडेले जानकारी दिनुभयो । गुरुयोजनामा समितिको तर्फबाट विचमा टापु हुने गरी ताललाई बिस्तार गर्ने,चुरेपहाडमा स्वर्गद्धारीबाबाको स्तुप राख्ने, भ्य्ुटावर निर्माण,जखेरा प्रवेस द्धार,तालको वरीपरी पक्की ड्याम लगायतको काम हुने गरि सुझाव दिएको महासचिव बन्जाडेले बताउनुभयो ।

Image may contain: 2 people, including Rewatiraman Sharma Ghimire, people smiling, people standing, mountain, sky, cloud, outdoor and nature

जखेरा ताल संरक्षण तथा प्रवद्धनको लागि गठन भएको प्रतिष्ठानकै पहलमा १८ लाखको लागतमा डिप बोरीङ निर्माण कार्य सम्पन्न भएको छ । पुर्वपश्चिम राजमार्ग देखि ताल सम्म जाने आधा सडक पिच गरिएको छ । जखेरामा ढुङ्गाको सयरको व्यवस्था मिलाइ लाइफ ज्याकेटको पनि व्यवस्था मिलाइएको छ । प्रतिस्ठानले जखेरा तालमा विभिन्न जातका गरी एक लाख ३० हजार माछाका भुरा हालेको त्यसबाट पनि जखेराको आर्थिक विकासमा महत्वपुर्ण काम गर्न सकिने संरक्षण प्रतिष्ठानका सदस्य केशव पोख्रेलले जानकारी दिनुभयो । हाल दैनिक पिकनिकको वापत ल्याइने शुल्क , डुंगा चढे बापतको शुल्क मात्रै जखेराको आम्दानीको श्रोत बनेको छ । जखेरा ताल निर्माणको लागि हाल सम्म एक करोड भन्दा बढी रकम खर्च भइसकेको छ ।

Image may contain: 5 people, including Keshab Pokhrel, people smiling, people sitting, child, tree, outdoor and nature
साँसद डुंगामा सरर्
प्रदेश पाँचका सदस्य रेवतीरमण शर्माले जखेरा तालको स्थलगत अवलोकन गर्नुभएको छ । साँसद शर्मा सहित जखेरा संरक्षण समितिका पदाधिकारी र पत्रकार समेत डुंगामा सयर गर्दै छलफलमा जुटनु भएको थियो । छलफलमा प्रदेश साँसद शर्माले जखेरा तालको आकर्षण बढाउन तर्फ ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले ताल क्षेत्रमा पानीको व्यवस्थापन गर्न डिप बोरिङ्गको रोकिएको काम अघि बढाउने प्रतिबद्धता जनाउनु भयो । जखेराले दाङ लाई चिनाएको भन्दै यस क्षेत्रको विकास गर्न तीन तहकै सरकारबाट उत्तिकै सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
डुंगामा मै भएको छलफलमा समितिका पदाधिकारीहरुले जखेराको अवस्थाको बारेमा जानकारी गराउँदै जखेरा विकासको नेतृत्व दायि भुमिका खेल्न आग्रह गरेका गरेका थिए ।

Image may contain: 6 people, including Keshab Pokhrel and Rewatiraman Sharma Ghimire, mountain, sky, outdoor, nature and water

 

 

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ