चलचित्र विकास बोर्डको अध्यक्षमा भट्टराई

2019-03-22

काठमाडौँ - चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा केशव भट्टराई नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष पद निकिता पौडेलले राजिनामा दिएपछि रिक्त थियो । कलाकार तथा चलचित्र निर्माता संघका वरिष्ठ उपाध्यक्षसमेत रहेका भट्टराईले मन्त्रालयले पत्र लेखेपछि हाजिरी गर्न सुरु गर्ने कार्यसम्पादन सम्हाल्ने छन् । ‘मन्त्रालयले जानकारी गराएपछिदेखि बोर्डमा मेरो हाजिरी हुनेछ, त्यसपछि काम सम्हाल्छु,’ उनले भने, ‘शुक्रबारदेखि कार्यालय जाने सम्भावना पनि छ ।’

आफ्नो कार्यकाल भरी चलचित्र उद्योगको विकासमा लागि पर्ने र केही दिनमै आफ्ना महत्वपूर्ण भावी योजना सार्वजनिक गर्ने उनले जानकारी दिए । अध्यक्षका लागि अन्य केही चलचित्रकर्मीको नाम समेत चर्चामा रहेको थियो ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ