मोजाम्बिकमा समुद्री आँधीले कम्तीमा हजार जनाको मृत्यु, ५ लाख मानिस बिस्थापित

2019-03-20

काठमाडौँ - मोजाम्बिकमा समुद्री आँधीका कारण कम्तीमा हजार जनाको मृत्यु भएको जनाइएको छ । राष्ट्रपति फिलिप नुसीले 'इडाई' आँधीका कारण मृत्यु हुनेको संख्या हजारभन्दा बढी भएको बताएका हुन् । नुसीका अनुसार प्रतिघण्टा १७८ किलोमिटरको गतीमा आएको आँधीले बन्दरगाह सहर बेइरामा ठूलो क्षति पुर्‍याएको छ ।

राष्ट्रसंघीय सहायता कर्मचारीले सोफाला प्रान्तको राजधानी बेइराका सबै घर ध्वस्त भएको जनाए । उक्त क्षेत्रमा करिब ५ लाख मानिस बसोबास गर्छन् ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका जेराल्ड बोउर्केले भने, 'क्षति नपुगेको कुनै घर छैन । दूरसञ्चार अवरुद्ध छ भने विद्युत् आपूर्तिका लागि टाँगिएका तार यत्रतत्र छरिएका छन् ।' विभिन्न स्थानमा सडक तथा जमिनहरु भासिएको छ । रूखका टुप्पामा तथा घरका छलतमा बसेका थुप्रै मानिसको उद्धार गरिएको रेडक्रसले जनाएको छ ।

आँधीले करिब ५० किलोमिटर क्षेत्र पूर्णरूपमा डुबानमा परेको जनाइएको छ । सेभ द चिल्ड्रेनका अनुसार बुजी नदीका तटबन्ध भत्केपछिको बाढी उक्त भूभाग जलमग्न भएको हो । उक्त संस्थाले बुजी सहरका करिब २ हजार ५ सय बालबालिका आँधी प्रभावित भएको अनुमान गरेको छ ।

मोजाम्बिक सरकारले कम्तीमा ६ लाख मानिस आँधीका कारण प्रभावित भएका तथा एक लाखलाई तत्काल उद्धारको आवश्यकता रहेको जनाएको छ ।

गत बिहीबारको वर्षपछिको आँधी आउन थालेको भए पनि उद्धारकर्ताहरु प्रभावित क्षेत्रमा आइतबारदेखि खटाइएको हो । अधिकारीहरुले क्षतिको विवरण संकलन भइरहेको जनाउँदै मृतकहरुको संख्या बढी हुन सक्ने जनाए ।
बेइराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले 'विध्वंसकारी प्रभाव' पारेको बताए । उनले हवाई निरीक्षणका बेला बाढीको भेलमा मानिसको शव तैरिरहेको देखेको बताए ।

आँधीले छिमेकी जिम्बावे र मलावीसमेत प्रभावित भएका छन् । जिम्बाबे सरकारले आँधीका कारण ९८ जनाले ज्यान गुमाएका तथा २ सयभन्दा बढी हराइरहेको जनाएको छ । आँधीले क्षति पुर्‍याएका करिब २० हजार घरमध्ये ६ सय पूर्णरूपमा ध्वस्त छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मलावीमा आँधी अगावैको भीषण वषर्ापछिको बाढी पहिरोका कारण १ सय २२ जनाले ज्यान गुमाएका छन् । मोजाम्बिकको उत्तरी तथा मलावीमा दक्षिणी भेगमा अझ केही दिन वषर्ा हुने जनाइएको छ ।
राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले मोजाम्बिकको आँधी प्रभावित क्ष्ाेत्रमा करिब १७ लाख मानिस रहेका उल्लेख गरेको छ । मलावीमा ९ लाख २० हजार मानिस प्रभावित भएको जनाइएको छ ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ