साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, भुटान ३-० ले पराजित !

2019-03-12

काठमाडौं - पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले मंगलबार विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा भुटानमाथि ३–० गोलको जित निकालेको हो।

नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापामगरले १–१ गोल गरे।

पहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता दिलाएको थियो। मन्जलीले खेलको १३ र सावित्राले १६ मिनेटमा गरे। यद्यपी नेपालले पहिलो हाफमा पाएका आधा दर्जन अवसरलाई भने सदुपयोग भने गर्न सकेन।

दोस्रो हाफमा निरु थापाले एक गोल थपिन्। निरुले खेलको ५४ मिनेटमा सावित्राले डिबक्समा हेडमार्फत दिएको पासमा गोल गरेका थिए। त्यसपछि भने नेपालको फिनिसिङ राम्रो हुन सकेन। पटक–पटक नेपाल चुक्दा थप गर्ने अवसर खेर गएको थियो।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।

प्रतियोगिताको दोस्रो खेल बुधबार भारत र माल्दिभ्सबीच खेल हुनेछ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ