आगामी २५ वर्षभित्र प्रतिव्यक्ति आय साढे १२ हजार डलर पुर्‍याउने सरकारको लक्ष्य !

2019-03-05

काठमाडौँ - सरकारले आगामी २५ वर्षभित्र प्रतिव्यक्ति आय साढे १२ हजार अमेरिकी डलर पुर्‍याउने लक्ष्य अघि सारेको छ । २५ वर्षसम्मको दीर्घकालीन सोचसहित १५औँ पञ्चवर्षीय योजना ०७६/७७–०८०/८१ तयार गरिरहेको योजना आयोगले यस्तो लक्ष्य निर्धारण गरेको हो ।

योजना आयोगले अहिले एक हजार १२ डलर रहेको प्रतिव्यक्ति आयलाई तीन वर्षभित्र १ हजार ५ सय र वि.सं. ०८७ सम्म ४ हजार १ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ । वि.सं.२१०० सम्म प्रतिव्यक्ति आय तीव्र गतिमा बढाएर साढे १२ हजार डलर पुर्‍याउने दीर्घकालीन लक्ष्य आयोगको छ ।

प्रतिव्यक्ति आयको अवस्था
वि.सं. ०४६ मा देशमा प्रतिव्यक्ति आय १ सय ९३ अमेरिकी डलर थियो । ०५६ मा बढेर २ सय ३१ पुगेको थियो । ०६६ मा ५ सय ९२ पुगेको प्रतिव्यक्ति आय ०७२ मा भने ७ सय ७२ पुगेको थियो । हाल नेपालको प्रतिव्यक्ति आय १ हजार १२ अमेरिकी डलर रहेको योजना आयोगको तथ्यांक छ ।

६ दशकदेखिको योजनाबद्ध विकासको प्रयास र त्यसका उपलब्धिका आधारमा १५ योजना तयार गरिएको आयोगको भनाइ छ । समानतामूलक समाज निर्माण र समाजवादउन्मुख समृद्ध राष्ट्र निर्माण गर्ने संवैधानिक व्यवस्थाअनुरूप योजना निर्माण गरिएको आयोगले उल्लेख गरेको छ । सरकारको नीति तथा कार्यक्रममा अघि सारिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को यात्रालाई लक्ष्यका रूपमा लिइएको छ ।

निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकता
१५औँ योजनाका लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रको साझेदारीलाई बढावा दिने आयोगको योजना छ । आर्थिक वृद्धि, रोजगारी सिर्जना र स्रोत परिचालनमा स्थानीय, प्रदेश र संघ गरी तीनै तहको सरकारको सक्रियतालाई १५औँ योजनामा प्राथमिकतासाथ राखिएको छ ।

अहिले देशमा आयमूलक गरिबीको दर २१.६ प्रतिशत छ भने बहुआयामिक गरिबीको दर २८.६ प्रतिशत छ । आर्थिक विकासमार्फत आम्दानीको अवस्थामा सुधार ल्याई गरिबी न्यूनीकरणमा उल्लेख्य सुधार ल्याउने योजना आयोगको भनाइ छ ।
समुन्नत, स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्रसहितको सघन अन्तरआबद्धता तथा उच्च उत्पादकत्व भएको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित र उच्चजीवनस्तर भएका सुखी नागरिक बसोवास गर्ने मुलुकका रूपमा नेपाललाई विकास गर्ने सोच योजनामा राखिएको छ ।

 

नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ