गोपालचन्द्र राईको शब्दमा तोरेम्पा हाङले ल्याए 'प्रियतमा' (हेर्नुहोस भिडियो)

2019-02-21

काठमाडौं - गायक तथा सँगीतकार तोरेम्पा हाङले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन् । गीतकार गोपालचन्द्र राईको शब्दमा ‘प्रियतमा…’ बोल रहेको गीतलाई हालै गोपालचन्द्र राईकै युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।उक्त रोमान्टिक पप गीतलाई गायक तोरेम्पाले स्वयम सँगीत भरेका छन् । कुमार सिन्जाली मगरको एरेन्ज रहेको गीतलाई भर्जिन भ्वाईस नक्सालमा रेकर्डिङ गरिएको हो । गीतको भिडियोमा गायक तोरेम्पाले स्वयम आफै स्टुडियो फिचरिङ गरेका छन् । मिन बिष्टको मिक्सिङ रहेको गीतको भिडियोलाई दिपेश राईले सम्पादन गरेका हुन् । भने उक्त भिडियोलाई प्रकाश चाम्लिङले खिचेका हुन् ।

एकदशक अघिदेखि नेपाली साँगीतिक क्षेत्रमा कार्यरत गायक तोरेम्पा हाङले यस अघि ‘दुई मुटु एकधडकन…’ लगायतका गीतहरु बजारमा ल्याईसकेका छन् भने उनले थुप्रै गीतहरुमा सँगीत पनि भरेका छन् ।

हेर्नुहोस भिडियो




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ