कांग्रेस केन्द्रीय समिति बैठक बस्दै !

2019-02-06

काठमाडौँ - कांग्रेस केन्द्रीय समिति बैठक महासमितिले पारित गरेका विभिन्न पाँचवटा प्रस्तावलाई परिमार्जन र नेविसंघमा विषयकेन्द्रित हुने भएको छ । महासमिति बैठकले सर्वसम्मत रूपमा पारित गरे पनि विधान, राजनीतिक, सांगठनिक, आर्थिक र कोषाध्यक्षको प्रतिवेदनमाथि आएका सुझाबलाई केन्द्रीय समितिले परिमार्जन गर्नुपर्नेछ । यी प्रस्तावलाई टुंग्याउन केन्द्रीय समिति बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । केन्द्रीय समितिले सुझाबलाई समेटेपछि यी प्रस्तावले अन्तिम रूप पाउनेछन् । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

नेविसंघबारे छलफल हुने
२ माघसम्म महाधिवेशन हुन नसकेपछि नेविसंघको भविष्य के हुने भन्ने अन्योल छ । नेविसंघमा यही समितिको म्याद पुनः थप्ने कि अर्को तदर्थ समिति बनाउने भन्ने विषयमा कांग्रेस टुंगोमा पुग्न सकेको छैन ।

म्याद थपेर १२औँ महाधिवेशन गर्न दिनुपर्ने र महाधिवेशन समयमा गर्न नसकेपछि म्याद नथपी अर्को समितिलाई महाधिवेशनको जिम्मा दिनुपर्ने दुवै माग नेविसंघमा छ । मातृ पार्टी कांग्रेसका नेताहरूबीच पनि नेविसंघबारे समान मत छैन ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ