विप्लव नेतृत्वको माओवादीमा अन्तरसंघर्ष चुलियो !

2019-02-06

काठमाडौँ - अर्धभूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीमा अन्तर संघर्ष चर्किन थालेको छ । महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच सांगठनिक पकट कसले जमाउने भन्ने विषयमा विवाद हुन थालेको हो । विचारभन्दा जनवर्गीय संगठनमा पकड जमाउने भन्ने विषयमा दुई नेताबीच अन्तर संघर्ष सुरु भएको हो ।

चन्दा आरोपमा पक्राउपछि छुटेका प्रकाण्डले गत मंसिर ८ गते आयोजित आमसभामा प्रमुख अतिथिको रुपमा सम्बोधन गरे । संगठन सुदृढिकरण र जनतासँग आफ्ना कुरा राख्न भन्दै प्रकाण्डले कालिकोटमा सम्बोधन गरी सकेका छन् । खुला कार्यक्रममा प्रमुख अथितिका रुपमा प्रकाण्ड देखिदै आएका छन् ।

प्रभाशाली मानिने जनवर्गीय संगठनमा प्रकाण्डले आफ्नो प्रभाव जमाउँदै गएको पार्टीका एक केन्द्रीय सदस्यले बताए । संगठनमा प्रकाण्डले आफू अनुकुलका व्यक्तिलाई राख्न थालेपछि संगठनमा समानन्तर कमिटी घोषणा भएको छ । पत्रकार, जनस्वास्थ्यकर्मी विवाद हुँदा समानन्तर कमिटी घोषणा भई चल्दै आएको छ । विद्यार्थी संगठन र मजुर संगठनमा प्रकाण्डले आफू निकट विद्यार्थी नेतालाई जिम्मेवारी दिएको भन्दै असन्तुष्टी चुलिदै गएको छ । पार्टीको कर्मचारी, किसान, सुकुमबासी युवा संगठन प्रभावशाली भए पनि हस्तक्षेप गर्न सकेका छैनन् ।

पत्रकारमा डुम्रे र रावतको नेतृत्वमा समानन्तर कमिटी

क्रन्तिकारी पत्रकार संगठन समान्तर कमिटी घोषणा गरी चल्दै आएको छ । प्रकाश डुम्रेको अध्यक्षमा ५१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । यस्तै, डिल्ली रावतको अध्यक्षमा अर्को ५१ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरी चल्दै आएको छ ।

गत वैशाखमा भक्तपुरको नगरकोटमा तेस्रो राष्ट्रिय सम्मेलनबाट डुम्रेको नेतृत्वमा उपाध्यक्षमा डिल्लीराज रावत, महासचिव हिम विष्ट, कोषाध्यक्षमा जानकारी दहित सचिवमा श्रृजना तिमिल्सेनासहित ५१ सदस्य केन्द्रीय कमिटी घोषणा गरिएको थियो ।

 

प्रकाण्डले एकलौटी ढङ्गले हस्तक्षप गरेको भन्दै विवाद उत्कर्षमा पुगेपछि प्रभात चलाउने, जन्मदेव जैसी, कमल बुढा र बाबुराम भुसाल र सुदीप वर्देवालाई संगठनबाटै निकालियो । सोही समुहले असोजमा अध्यक्ष डिल्ली रावत उपाध्यक्ष जन्मदेव जैसी, महासचिव बाबुराम भुसाल कोषाध्यक्ष तिलक

अधिकारीसहितको केन्द्रीय कमिटी घोषणा गरेको छ । डुम्रे र रावतले आफूलाई आधिकारिक दाबी गर्दै आएका छन् । तर, बाहिरी रुपमा डुम्रे र रावत देखिए पनि प्रकाण्डले आफ्नो प्रभाव बढाउन थाले पनि विवाद सतहमा आएको हो ।

जनस्वास्थ्यकर्मीमा योगी र कंडेलको नेतृत्वमा समानन्तर कमिटी

अखिल नेपाल जनस्वास्थ्यकर्मी संघमा पनि प्रमोद योगी र टीका कंडेलको नेतृत्वमा समानन्तर कमिटी चल्दै आएको छ । जनस्वास्थ्यमा प्रकाण्डले आफू निकट नेतालाई जिम्मेवारी दिएको भन्दै कंडेलको नेतृत्वमा गत मंसिर ८ गते अर्को कमिटी घोषणा गरिएको हो । प्रमोद योगीको नेतृत्वको उपाध्यक्ष भैरव बोहरा, महासचिव रामकुमार श्रेष्ठ, कोषाध्यक्ष योगेन्द्र यादव सहित २९ सदस्य केन्द्रीय कमिटी घोषणा गरिएको थियो । तर, सोही कमिटीलाई अवैधानिक भन्दै कंडेलको नेतृवमा उपाध्यक्ष पिताम्बर भुर्तेल र प्रकाश चन्द महासचिव छन् । चन्द पार्टी महासचिव विप्लवका छोरा हुन् ।

मजदुर र विद्यार्थीमा असन्तुष्टी चुलिदै

विप्लव पार्टीको सबैभन्दा धेरै प्रभावशाली मानिने मजदुर र विद्यार्थीमा असन्तुष्टी चुलिदै गएको छ । अखिल नेपाल ट्रेड यूनियन महासंघमा प्रकाण्डले आफू निकट अमर झाँक्रीको नेतृत्वमा महासचिवमा गोकुल दाहाल र सचिवमा देव परियारलाई ल्याएपछि विवाद बढेको हो ।

यस्तै, गत चैतमा विप्लव विद्यार्थी संगठनको २१ औँ राष्ट्रिय सम्मेलन गरी चिरिञ्जिवी ढकालको नेतृत्वमा ५९ सदस्यीय केन्द्रीय कमिटी घोषणा भयो । संगठनमा विप्लव निकटलाई पाखा लगाएको भन्दै प्रकाण्ड निकट विद्यार्थी नेतालाई पदाधिकारीमा राखिएको भन्दै विवाद कायमै छ । प्रकाण्डले अध्यक्षमा ढकाल, महासचिवमा प्रकाश शाही, कोषाअध्यक्षमा आफ्नै छोरा नरेन्द्र विश्वकर्मालाई राखेका थिए ।

केन्द्रदेखि स्थानीय स्तरसम्म भूमिगत

मोहन वैद्य किरण समुहले २ र ३ असार २०६९ सालमा बौद्धमा भेलागरी तत्कालीन एकीकृत माओवादीबाट अलग भएको घोषणा गरेका थिए । त्यसको दुई वर्षमै ८ मंसिर २०७१ मा वैद्यबाट विप्लव अलग भई नेकपा माओवादी गठन गरे । विप्लवले १ फागुन २०७३ मा नेपाल कम्यूनिष्ट पार्टी घोषणा गरे । पार्टी घोषणा गरे पनि केन्द्रदेखि स्थानीय स्तरसम्म जहाँ बस्यो त्यहाँ पार्टी कार्यालय मानेर बैठक गर्दै आएको नेकपाका एक केन्द्रीय सदस्यले बताए ।
विप्लव गत वर्षदेखि भूमिगत

विप्लव गत वर्ष चैत २४ गते जनआन्दोलन दिवसको अवसर पारी राजधानीमा राखिएको सभालाई सम्बोधन गरे । उनी अहिलेसम्म सार्वजनिक कार्यक्रममा उपस्थित नभएको नेकपा नेताहरु बताउँछन् । फाट्फुट मिडियामा अन्तर्वार्ता दिए पनि सार्वजनिक कार्यक्रममा सहभागी नै भएका छैनन् । तर, विप्लवका नेताहरु २०७४ वैशाखदेखि भएको स्थानीय तह निर्वाचनदेखि अर्धभूमिगत जस्तै हुन थालेका हुन् ।

 


नयाँ पत्रिका




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ