पहिलो एक दिवसीय क्रिकेट : यूएईविरुद्धकाे खेलमा नेपाल ३ विकेटले पराजित !

2019-01-25

दुबई - युएईविरुद्धको खेलमा नेपाल ३ विकेटले पराजित भएको छ । दुबईमा भएको पहिलो एक दिवसीय क्रिकेटमा नेपालले दिएको ११४ रनको लक्ष्य युएईले ३२ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

११४ रनको लक्ष्य पछ्याएको यूएईले पनि गतिलो सुरुआत भने गर्न सकेको थिएन । टिमको स्कोर ५ हुँदा अस्फाक अहमदलाई करण केसीले पहिलो विकेटको रुपमा आउट गरेका थिए ।

चिराग सुरीलाई सोमपाल कामीले आउट गर्दा यूएईको स्कोर १२ रन थियो । ३५ रन हुँदा शाइमान अनवरलाई गुमाएको यूएईमाथि नेपालले केही दबाब दिएको थियो । चौथो विकेटको रुपमा मुहम्मद उस्मान आउट हुँदा पारस खड्काले पहिलो विकेट लिएका थिए ।

त्यसपछि लगातार अर्को छेउबाट लेग स्पिनर सन्दिप लामिछानेले बलिङ गर्न लगाएका थिए ।

पाचौं विकेटको रुपमा फहद नवाजलाई सन्दिपले आउट गरेका थिए । छैटौ सफलता पनि सन्दिपलेनै दिलाए । उनले यूएईबाट सर्वाधिक ३० रन बनाएका गुलाम शब्बरलाई आउट गरेका थिए ।

सातौं विकेटको रुपमा पारसले मोहमद बूतालाई बसन्त रेग्मीबाट क्याच गराएर पेभेलियन फर्काएका थिए ।

७ विकेट गुमाउँदै ७३ रन बनाएको यूएईका लागि अमिर हयात र इमरान हैदरले पारी सम्हालेपछि यूएई ३ विकेटले विजयी हुन सफल भयो ।

हयात २४ र हैदर १८ रनमा नट आउट रहे ।

नेपालका पारस खड्का, करण केसी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।

यस्ताे थियाे नेपालकाे पारी
टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रन बनाउँदै अल आउट हुन पुग्यो ।

नेपालको ब्याटिङ आज पनि चल्न सकेन । नेपालका नियमित बलर सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० तथा सन्दीप लामिछानेले १५ रन बनाए ।

ओपनिङमा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले ४ बलकाे सामना गरेर गर्दा खाता नै नखोली आउट भएका थिए ।

दोस्रो विकेटको रुपमा अर्का ओपनर विनोद भण्डारीले पनि उत्कृष्ट पारी खेल्न सकेनन् । उनले १४ बल खेल्दा १ चौकाको मद्दतले ५ रन बनाएका थिए । त्यसपछि क्रिजमा आएका पारस खड्का र सोमपाल कामीले नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए ।

तर टिमको स्कोर ४४ रन हुँदा कप्तान खड्का व्यक्तिगत २० रन बनाएर पेभेलियन फर्किए ।

त्यसपछि दीपेन्द्रसिंह ऐरी खाता नै नखोली रन आउट भएपछि नेपाल झनै दबाबमा आएको थियो । एउटा छेउबाट ब्याटिङ सम्हालेका सोमपाल कामी नेपालको स्कोर ७१ रन हुँदा आउट हुन पुगेपछि नेपालको पारी पूरै धरमराएको थियो ।

त्यसपछि पवन सर्राफ, करण केसी र बसन्त रेग्मी लगातार आउट भएका थिए । पवनले ४ रन बनाउँदा करणले ३ तथा बसन्त रेग्मीले खाता खोल्न सकेनन् ।

नेपालका लागि दोस्रो ठूलो व्यक्तिगत रन बनाउने क्रममा आरिफ शेखले २५ रन बनाए । यसैगरी अन्तिम खेलाडीको रुपमा सन्दीप लामिछाने १५ रन बनाएर आउट भएपछि नेपाल ११३ रनमा समेटिएको थियो ।

यूएईका लागि मोहम्मद नाभिद र अमिर हयातले तीन-तीन विकेट लिँदा र इमरान हैदरले समान दुई तथा कादीर अहमदले १ विकेट लिए ।

 

 

उज्यालोबाट




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ