सुस्तायो एकता : गठित कार्यदलले समयमै बुझाउन सकेन प्रतिवेदन !

2019-01-13

काठमाडौँ - नेकपा स्थायी समितिको गत पुस १३ गतेको बैठकले १० दिनको समय दिएर समायोजन टुंग्याउन कार्यदल गठन गरेको थियो । जस अनुसार कार्यदलले यही पुस २५ पुसभित्रै दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाइसक्नु पर्थ्यो। तर कार्यदलले प्रतिवेदन तयार पार्न सकेको छैन । कार्यदलमा अधिकांश सदस्य मन्त्री रहेका कारण बैठक नै प्रभावित बन्दै आएको छ । विशेषगरी क्रियाशीलताका आधारमा योग्यलाई जिम्मेवारी दिने कि पार्टी एकताअघिको जिम्मेवारीका आधारमा नेतृत्व चयन गर्ने भन्ने विवाद छ । जसका कारण पनि पुसभित्रै पार्टीका सबै संगठन एकीकरण गरिसक्ने स्थायी समितिको निर्णय प्रभावित हुने देखिएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणापछिको करिब आठ महिनामा प्रदेश तहसम्म मात्र एकीकरण भएको छ । त्यसभन्दा तल्ला कमिटीदेखि जनवर्गीय संगठन, विभाग र आयोगहरुको पुनर्संरचना हुन बाँकी छ । साथै पोलिटब्युरो गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन समेत अलमलकै अबस्थामा छ ।


एकता प्रक्रिया लम्बिँदा पार्टीभित्र नेता तथा कार्यकर्तामा असन्तुष्टि मात्र छैन, तल्लो तहसम्म पार्टी गतिविधि शून्यप्रायः छ। सरकारको नेतृत्व समेत गरि रहेको नेकपाको पार्टी एकता प्रक्रिया लम्विदा सरकारकै भूमिका र कार्यसम्पादनमा समेत असर पुगेको छ ।

 


कान्तिपुर




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ