जिम्मेबार संस्थाको दोहोरो चरीत्र

लमहीमा महोत्सव लगाउने स्थान र समयको विवाद

2019-01-10


दिवाकर पोख्रेल
देउखुरी, । देउखुरी उद्योग बाणिज्य संघले लमहीमा आयोजना गर्न थालेको महोत्सव विवादमा परेको छ । अजम्बरी सामुदायिक वनको जैविक विविधता संरक्षण पार्कको लागि छुट्टाएको क्षेत्रमा महोत्सवको लागि तयारी गरिरहदा महोत्सव कहिलेबाट लगाउने र कुन स्थानमा लगाउने भन्ने विषयमा अनिश्चित बनेको छ ।
उद्योग बाणिज्य संघले माघ २ गते देखि महोत्सव संचालन गर्नको लागि भन्दै ८० प्रतिसत काम सम्पन्न गर्दा समेत समय र स्थान बिच समस्या भएको बारम्बार छलफल गरिहनु परेको उद्योग बाणिज्य संघका महासचिव कमल जंग सिंहले जानकारी दिनुभयो । मेला संचालनको लागि स्थानीइ सामुदायिक वन , लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालयबाट शान्तिसुरक्षा व्यवस्ूथा गर्ने सहितको अनुमित लिएर तयारी थालेको उद्योग बाणिज्य संघले महोत्सव संचालन हुन थालेको सामुदायिक वनले महोत्सव संचालनको लागि वनको जग्गा उपलव्ध गराउन नसकिने सहितको पत्र र लमही नगरपालिकाले पनि मेला संचालन नलगाउन भनि पत्र पठाएपछि महोत्सव अनिश्चित बनेको हो ।
अजम्बरी सामुदायिक वनले यसभन्दा पहलिे केहि शर्त सहित उद्योग बाणिज्य संघलाई महोत्सव संचालन गर्नको लागि अनुमति दिएपनि वन डिभिजन कार्यालयबाट महोत्सव संचालनको कार्य नगर्न नगराउन आग्रह सहितको पत्र पठाएपछि पुन वनले उद्योग बाणिज्य संघलाई पनि सोही आसयको पत्र पठाएको सामुदायिक वनका अध्यक्ष पुनाराम केसीले जानकारी दिनुभयो । सर्बपक्षिय सर्वदलिय बैठकबाट महोत्सव संचालन गर्न दिने गरी सहमति भएको थियो, सोही अनुसारको पत्र पठाएऔ, अहिले वन कार्यालयको पत्र नदिने भन्ने आसय आएपछि फेरी नलगाउन आग्रह गरेका छौ केसीले भन्नुभयो । जुन दोहोर चरित्रको कुरा पाइन्छ ।

यसोत सामुदायिक वन जस्तै डिभिजन वन कार्यालयले पनि लिखित फिल्ड अवलोकन गर्दा महोत्सव संचालनज गर्ने अनुमती मौखिक रुपमा दिएको सामुदायिक वनका अध्यक्ष केसीले बताउनुभयो । यसो त स्थानीय सरकारले पनि हचुवाको भरमा महोत्सव संचालनको लागि अनुमति दिएर अहिले पुन दिएको अनुमित फिर्ता लिएको छ । लमही नगरपालिकाले आठ हजार रुपैयाँ मनोरन्जन कर लिएर महोत्सव संचालनको अनुमित दिएपनि प्रदेश र वन डिभिजनबाट महोत्सव संचालन गर्न नदिन भनि पत्र आएपछि आफूहरुले सोही अनुसार गरेको नगर प्रम्ख कुलवहादुर केसीले बताउनुभयो ।

सामुदायिक वन, स्थानीय सरकारका दुइवटा पत्र एउटा महोत्सव संचालन गर्न र नगर्नको लागि दिएका दुइवटा पत्र देख्दा दुइवटै संस्थाको दोहोरी चरित्र भएको पुस्टी हुन्छ । स्थानीय फेन्सी तथा जुत्ता चप्पल ब्यपारीहरुले माघीको अवसरमै महोसव आयोजना गर्दा आफुहरुको ब्यापारमा प्रत्यक्ष असर पर्ने भन्दै महोत्सव सार्न आग्रह गरेका थिए । दाङ देउखुरी बाताबरण पत्रकार मंचले सामुदायिक वनको क्षेत्रमा महोत्सव लगाउँदा जैविक विविधता असर गर्ने भन्दै बनमा लगाउन दिएको अनुमती सच्चाउन आग्रह सहित प्रदेश वन मन्त्रालयमा , वन डिभजिन कार्यालय देउखुरीमा आग्रह गरेपछि महोत्सवलाई दिएको अनु्मती उल्टीएको हो ।

 

 

 




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ