नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीको ५० प्रतिशत दाबी

2019-01-10

काठमाडौँ - नेकपाको पोलिटब्युरोमा पूर्वमाओवादीले ५० प्रतिशत दाबी गरेको छ । कार्यदल बैठकमा सम्मानजनक एकताका लागि भन्दै पूर्वमाओवादीले बराबरी हुनुपर्ने तर्क गरेको हो । ‘पोलिटब्युरोमा ५०/५० प्रतिशत भागबन्डा हुनुपर्ने दाबी गरेका छौँ’ पूर्वमाओवादीका एक नेताले भने, ‘तर, पूर्वएमालेले ६०/४० का आधारमा हुनुपर्ने अडान लिएको छ ।’

४४१ सदस्यीय केन्द्रीय समितिको एकतिहाई पोलिटब्युरोमा रहनेछन् । छलफल जारी रहेकाले सार्वजनिक गर्न नमिल्ने कार्यदल सदस्य वेदुराम भुसालले बताए । ‘कार्यदलभित्र बाहिर केही नबोल्ने आचारसंहिता बनाएका छौँ’ भुसालले भने, ‘सहमति भएपछि सबै थाहा पाइहाल्नुहुन्छ ।’


भूमिगत रूपमा कार्यदल बैठक
नेकपा कार्यदल बैठक भूमिगत रूपमा बस्दै आएको छ । अनौपचारिक रूपमा धेरै छलफल भए पनि औपचारिक रूपमा सातपटक बैठक बसेको कार्यदलका एक सदस्यले बताए । छलफलकै क्रममा विषयबाहिर आउने र सहमतिका लागि कठिन हुने भएकाले स्थान गोप्य राखिएको ती सदस्यको तर्क छ । माघ पहिलो सातासम्म प्रतिवेदन बुझाउने तयारी कार्यदलको छ । कार्यदलमा विष्णु पौडेल, रामबहादुर थापा, लेखराज भट्ट, वेदुराम भुसाल, योगेश भट्टराई, रघुवीर महासेठ, वर्षमान पुन, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन् ।

सात महिनासम्म टुंगिएन विधान
तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणबाट नेकपा बनेको साँढे सात महिना बित्दा पनि विधान टुंगिन सकेको छैन । राजनीतिक प्रतिवेदन, पार्टीको कार्यदिशा, विधानलगायत महत्वपूर्ण विषय एकीकरणकै क्रममा टुंगिसके पनि नेकपाभित्र अहिले विधान परिमार्जनको विषयले प्रवेश पाएको हो ।

संगठनात्मक एकीकरणको बाँकी काम टुंगो लगाउन स्थायी समितिको पछिल्लो बैठकबाट गठित कार्यदलमा विधान परिमार्जन र प्रदेश कमिटीको नामावली हेरफेर गर्ने किन नगर्ने विषयबाट छलफल अघि बढेको छ । ‘अहिले हामी स्थायी समितिमा उठेको विधानमा छुटेका शब्द, स्थायी समितिको अधिकार र प्रदेश एकीकरण गर्दा मापदण्डबाहिरबाट परेका व्यक्तिको हकमा के गर्ने विषयमा बढी छलफल गरिरहेका छौँ,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने ।




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ