बिष्णु पौडेलको प्रस्ताव : 'पार्टीका सबै बैठक लाइभ गरौं'

2018-12-24

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले पार्टीका सबै बैठक प्रत्यक्ष प्रशारण गर्नु उचित हुने बताएका छन्। स्थायी समिति बैठकमा लीलामणि पोखरेलले बैठकको प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव राखेपछि महासचिव पौडेलले समर्थन जाउँदै लिखित प्रस्ताव गरेका हुन् ।

‘लाइभ कास्ट गरौं भन्ने लीलामणि पोखरलेको भनाइप्रति मेरो समर्थन छ’, पौडेलले बैठकमा राखेको लिखित धारणामा उल्लेख छ, ‘बैठकमा भएका छलफल र निर्णयहरू तोडमोड गरेर सार्वजनिक गरिएका छन् बैठकका सूचनाहरू तोडमोड गरेर मिडियामा लगिएको छ।’

पौडेलले मिडियाले औपचारिक र आधिकारिक सूचनालाई विश्वास नगरेको तथा महत्व नदिएको उल्लेख गरेका छन्। प्रत्यक्ष प्रशारण गरिए कार्यकर्ता र जनतामा सही सूचना जाने र भ्रम सिर्जना नहुने पौडेलको तर्क छ।

‘बैठकमा भएको छलफल र निर्णयका सम्बन्धमा अनुचित र अनाधिकृत रूपमा गलत समाचार सम्प्रेषण गर्ने अवस्थालाई रोक्न सकिन्न भने हामीले केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयको बैठक कक्षमा मिडियाकर्मीलाई प्रवेश अनुमति दिने निर्णय गर्नुपर्छ’, पौडेलले भनेका छन्, ‘उनीहरू बैठक अवधिभर बस्न सक्ने र समाचार संकलन गर्न सक्ने प्रबन्ध गर्नुपर्छ। यसो गर्दा एकातिर समाचार तोडमोड हुने सम्भावना कम रहन्छ भने अर्कोतर्फ वक्ताहरूलाई पनि जवाफदेहीपूर्ण ढंगले बोल्न पर्ने परिस्थिति निर्माण हुन्छ।’

पौडेलको नेताहरूलाई ‘जवाफदेही’ बनाउनुपर्ने आक्रोश नकेपाकै अर्का स्थायी समिति सदस्य घनश्याम भुषालतर्फ केन्द्रीत थियो।

भुषालले पार्टीमा गुटबन्दी हावी भएको तर्क गरेका थिए। उनले गुटका मठाधीशले आफ्नो गुटको कार्यकर्ता भए÷नभएको छुट्याउन ‘थुक, खकार र वीर्य’ समेत परीक्षणको गर्ने गरेको भन्दै चर्को व्यंग्य गरेका थिए।

भुषालको तर्क खण्डन गर्दै पौडेलले लिखित धारणामा भनेका छन् ( ‘कतिपय भाषा सुन्दा र प्रस्तुति हेर्दा लज्जाबोध भएको छ। कमरेडहरू रगत, खकार र कुन्नि के के (शब्दमा भन्न नसकिने) चिजहरूको पनि परीक्षण गर्नुहुन्छ रे। कहाँ छ कमरेडको त्यस्तो प्रयोगशाला)’

पौडेलले भुषालकै आलोचनालाई खण्डन गर्न प्रत्यक्ष प्रसारणको प्रस्ताव उचित ठहर्‍याएको लिखित धारणामा देखिन्छ। रूपन्देहीबाट राजनीतिमा सक्रिय दुबै नेता पार्टी एकताअघिसम्म तत्कालिन एमालेका उपमहासचिव थिए। नवौँ महाधिवेनमा माधवकुमार नेपाल प्यानलबाट भुषाल तथा केपी शर्मा ओली प्यानलबाट पौडेल उपमहासचिवमा निर्वाचित भएका थिए।

भुषालले १०९७ मत प्राप्त गर्दा पौडेलले त्यतिबेला १०८२ मत ल्याएका थिए। तर नेकपाको एकतापछि पौडेल अहिले पार्टीमा शक्तिशाली महासचिव तथा सचिवालय सदस्य छन्। पौडेलले बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको प्रतिवेदनको प्रतिरक्षा गर्दै प्रश्न उठाउने स्थायी समिति सदस्यकै आलोचना गरेका छन्।

‘पाँच महिनापछि बैठक बस्दैछ, सात महिना भन्नुपर्नेरु कांग्रेसलाई वामपन्थी विरोधी भनेर नपुग्ने, हरेक ठाउँमा कम्युनिस्ट विरोधी भन्नुपर्ने’, पौडेलले भने, ‘हामी चिनियाँभूमि भएर समुद्रसम्म र तेस्रो मुलुकसम्म पुग्न सक्ने भएका छौं, भूजडित भन्न नहुनेरु चीनसँग पारवहन सन्धि हुनुलाई स्वागतयोग्य भनिरहँदा पनि यसको उपायदेयताको शर्त अघि सार्नेरु के उक्त सन्धि सशर्त समर्थन गर्नुपर्ने प्रकृतिको छ ? प्रोटोकलमा हस्ताक्षर गर्नेले कार्यन्वयन गर्नका लागि गरेका होलान् भनेर विश्वास गर्न नहुने ?’

पौडेलले पार्टी एकीकरणमा ढिलाइ भएको स्वीकार गरेका छन्। तर सरकारले राम्रो काम गरेको दाबी गरेका छन्। उनले पार्टीको विधान सहमतिमा बनेको दाबी गर्दे पूर्वएमालको जस्तो नखोज्न सुझाएका छन्। ‘साविक नेकपा एमालेको विधानको कपी(पेष्ट होइन। त्यसले साविक नेकपा एमालेको विधानमा भएजस्तै सचिवालय चाहिन्छ भन्न मिल्दैन’, पौडेलले तर्क गरेका छन्।

उनले पार्टी र सरकारको बचाउमा निष्कर्षमा भनेका छन्– खोजेको समाज र भोगेको समाज उस्तै हुँदैन। खोजेको सरकार र भोगेको सरकार, खोजेको पार्टी र भोगेको पार्टी पनि उस्तै हुँदैन। धेरै राम्रोको खोजी हुन्छ। तर, राम्रोमा चित्त बुझाउनुपर्छ।’




थप समाचार


‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

‘अध्यादेशमार्फत विधेयक टुंगो लगाउँछौँ’

चिकित्सा शिक्षासम्बन्धी विधेयक पारित नहुँदै व्यवस्थापिका संसद्को कार्यकाल सकिएपछि उक्त विधेयकलाई अब अध्यादेशमार्फत टुंगो लगाइने एकजना मन्त्रीले बताएका छन्। संसद अस्तित्वमा नरहेपनि विधेयक पारित गराउन ...

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

२९ पछि लोकतान्त्रिक गठबन्धन घोषणा

निर्वाचन आयोगले तोकेको बन्दसूचीका उम्मेदवारको नाम पेस गर्ने समयसीमा पछि लोकतान्त्रिक गठबन्धनको घोषणा गरिने भएको छ । आयोगले २९ असोजसम्मका लागि समानुपातिकका उम्मेदवारको नाम पठाउने ...

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

मलेखु (धादिङ), साउन १२ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक ...




ट्रेन्डिङ